साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परेछौँ उँचो भ्रष्टको तालिकामा

खुराफात गर्दै थप्यौँ नव्य पाना बनी भ्रष्ट सेवी किन्यौँ स्वर्ण छाना कसै सुध्रिएनौँ बन्यौँ भ्रष्ट आमा परेछौँ उँचो भ्रष्टको तालिकामा ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

सदा दुष्ट आँखा चिहाएर बस्छौँ
गरी जालसाची छुरा मात्र धस्छौँ
कठै भोकभोकै हजारौँ सुदामा
परेछौँ उँचो भ्रष्टको तालिकामा ।।१

बहाना बनायौँ गरेनौँ विकास
समस्या छँदै छन् गरेनौँ निकास
सधैँ हाड घोट्ने रुँदै छन् कुनामा
परेछौँ उँचो भ्रष्टको तालिकामा ।।२

उठे माथि उठ्छौँ सधैँ अर्थतन्त्र
पुरानाहरू छौँ नयाँ छैन मन्त्र
बरा देश उठ्नै परेको छ धामा
परेछौँ उँचो भ्रष्टको तालिकामा ।।३

विनास्वार्थ कैल्यै कुनै काम छुन्नौँ
कुरा मात्र चर्का हुनै काम दिन्नौँ
बडो कष्ट भोग्नै पऱ्यो जिन्दगीमा
परेछौँ उँचो भ्रष्टको तालिमा ।।४

खुराफात गर्दै थप्यौँ नव्य पाना
बनी भ्रष्ट सेवी किन्यौँ स्वर्ण छाना
कसै सुध्रिएनौँ बन्यौँ भ्रष्ट आमा
परेछौँ उँचो भ्रष्टको तालिकामा ।।५

०००
पाउँदी, लमजुङ हाल – काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ

वृद्धा र वृद्ध भन्छन्...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x