अशोककुमार शिवाप्रतिष्ठा
अर्काथरी चाहिँ मिस्स हासेर किच्च दाँत त देखाउँछन् तर देखिएको दात करौँतीको धार लागेको दाँत जस्तै हुन्छ । हेर्दा सेतो टलक्क टल्केको देखिन्छ तर कुटिलतामा पल्केको बुझ्न गाह्रो हुन्न ।

अशोककुमार शिवा :
म र मेरो प्रतिष्ठाको कुरा गर्दा म जति पपुलर छु, मेरो प्रतिष्ठा पनि त्यतिकै पपुलर छ । म जति जति प्रतिष्ठित हुन्छु मेरो प्रतिष्ठा पनि बढिरहेकै हुन्छ । जति मेरो प्रतिष्ठा बढ्छ म त्यसै त्यसै दङ्गदास हुन्छु । मलाई मेरो प्रतिष्ठाको कारणले धेरैले मन पराउँछन् र यताउता जताततै केही सभा समारोह भएको खण्डमा बोलाउने गर्छन् ।
म प्राय प्रतिष्ठाकै कारण यत्रतत्र घुमिरहेकै हुन्छु । म जहाँ जहाँ पुग्छु मेरो जयकार, गुणगान र प्रशंसा सुनेर म त्यसै प्रफुल्ल हुन्छु त्यहा भलै कुनै महत्वपूणर् काम भइरहेको होस वा नहोस् प्रतिष्ठित मान्छेहरू हुन कि नहुन मलाई त्यसको रतिभर पनि ख्याल हुँदैन । मलाई के चाहिँ ख्याल हुन्छ भने मलाई कस्ले के कति उपहार टक्राइरहेका छन् । जति जति उपहार बर्सिन्छ त्यति त्यति उत्साहित बनिरहेको हुन्छु । उपहार दिनेले मजाकमा देओस् वा उसको सस्तो मनोरन्जनको लागि देओस मलाई के मतलव मलाई त उपहार न चाहिएको छ । मेरो प्रतिष्ठाको पनि त ख्याल गर्नुपर्यो नि तिनले ।
धेरैले मलाई धेरै सल्लाह सुझाव दिने प्रयास गर्छन् तर ती सबै मेरो नजरमा डाढेहरू हुन । मेरो डाढ गरेर केही लछारिदैन बरू ति डाढेहरू आफै पछारिन्छन् । तिनलाई के थाहा प्रतिष्ठा के हो भन्ने कुरा । सबैले वा वा गर्छन् । वा वा पाउँदा मलाई यस्तो आनन्द आउँछ के भन्ने । फुर्क्याउने त्यस्तै बाबा म त मरिहाल्छु हासेर ।
प्रतिष्ठित व्यक्तिको तालै गज्जबको हुन्छ भन्ने त सबैले बुझ्नुपर्ने त हो तर मूर्खहरूसँग के लाग्छ र । मान्छेहरू पनि खै के खै के प्रशंसा गर्नु सट्टा किन डाढ गर्छन् थाहा छैन । जो जसले डाढ गर्छन् तिनले कहिले प्रगति गर्न त के दुई पाइला अगाडि बड्न सक्दैनन् । यस्तै हुन जडवादीहरू । जकडिएर बस्नेहरू नै जडवादी हुन् भन्ने पनि भ्रम हो । नजकडिने जडवादी जकडिएका जडवादी भन्दा खतरा हुन्छन् ।
अर्काथरी चाहिँ मिस्स हासेर किच्च दाँत त देखाउँछन् तर देखिएको दात करौँतिको धार लागेको दाँत जस्तै हुन्छ । हेर्दा सेतो टलक्क टल्केको देखिन्छ तर कुटिलतामा पल्केको बुझ्न गाह्रो हुन्न । बुझेर पनि नबुझेझैँ गर्दा मुख त्यसै अमिलो हुन्छ । जति अमिलो भए पनि गुलियो भएको भान गरेर बसिदिँदा सबै कुरा मीठो हुन्छ ।
कहिलेकाहीँ त कस्तो लाग्छ भने चौबिसै घण्टा समारोह भइरहोस र आफू सधैँ उपहारले अलङ्कृत भइरहन पाइयोस् । यस्तो भए त के को भोक के को तिर्खा ? बरू बस्ने कुर्सी नभए चल्छ पिर्का । जसरी होस् उपहार चाहिँ पाउनु पर्यो । जति बढी उपहार उति दर्विलो प्रतिष्ठा जति दर्विलो प्रतिष्ठा उति दह्रो आफू वाओ सम्झिँदै आनन्दित ।
०००
गल्कोपाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































