साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जान्छन् सबै बाहिर- (२)

जान्छन् हेर्न विकास बाह्य थलको, बुन्दै सुनौला कथा । गर्छन् कर्म विदेशका जमिनमा, भोग्दै अनेकौँ व्यथा ॥ अर्काको थलमा सिँचेर पसिना, गर्ला र को आदर ?। हाम्रा सोच र नीति प्रष्ट नहुँदा, जान्छन् सबै बाहिर ॥

Nepal Telecom ad

के.पी.पौडेल :

खुल्दैनन् नव रोजगार थलमा, उद्योगधन्दाहरू ।
मासिन्छन् सरकारका सहजका, ती कारखानाहरू ॥
भत्के मूल विकासका जगहरू, मान्छे बने जोकर ।
सारा यत्न प्रयत्न निष्फल हुँदा, जान्छन् सबै बाहिर ॥-१

को सक्ला अब देश हाँक्न सहजै, भन्छन् सबै सज्जन ।
खोक्रो भो लुटतन्त्रले मुलुक यो, भत्क्यो अहो ! जीवन ॥
के के मात्र भएन यो मुलुकमा, सङ्कष्ट को हर्छ र ?।
जाली भ्रष्ट दुसाधको छल हुँदा, जान्छन् सबै बाहिर ॥-२

शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्र सबमा, साह्रै महङ्गी बढ्यो ।
पढ्ने खर्च बिमार खर्च नहुँदा, ताकौँ कि भागौँ भयो ॥
शिक्षा स्वास्थ्य सुधार गर्दछु भनी, खोकेर के हुन्छ र ?।
गर्जो टार्न असाध्य मुस्किल हुँदा, जान्छन् सबै बाहिर ॥-३

उम्दा क्षेत्र विकास कर्म सबमा, हुन्छन् कडा नाटक ।
सारा स्वप्न डढाउने अधमको, नेतृत्व भो घातक ॥
हाम्रा सन्तति ती युवा र वनिता, रोएर के हुन्छ र ?।
कैयौँ सौम्य विकल्प कुण्ठित हुँदा, जान्छन् सबै बाहिर ॥-४

जान्छन् हेर्न विकास बाह्य थलको, बुन्दै सुनौला कथा ।
गर्छन् कर्म विदेशका जमिनमा, भोग्दै अनेकौँ व्यथा ॥
अर्काको थलमा सिँचेर पसिना, गर्ला र को आदर ?।
हाम्रा सोच र नीति प्रष्ट नहुँदा, जान्छन् सबै बाहिर ॥-५

नारा भाषण उग्र धाक गफले, सिद्धान्तले गर्छ के ?।
खुल्दैनन् व्यवहारमा यदि भने, आदर्शले हुन्छ के ?॥
साँच्चै आँट विचार शक्ति नभए, आह्वानले हुन्छ र ?।
मास्ने खेल बढेर आज चुलिँदा, जान्छन् सबै बाहिर ॥-६

०००
बट्टार,नुवाकोट  हालः बालाजु, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x