सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एकै दिन दुई लघुकथासङ्ग्रह सार्वजनीकरण

विमोचन कार्यक्रम रोयल ब्याङ्क्वेट तीनकुने बानेश्वरमा भएको हो । यी दुवै लघुकथासङ्ग्रहको प्रकाशन हाम्रो लघुकथा केन्द्र, नेपालले गरेको हो ।

Nepal Telecom ad

काठमाडौं, २०८० माघ २० । हाम्रो लघुकथा केन्द्र, नेपालले आफ्नो ब्यानरमा रुद्र अधिकारी ‘निदोर्षी’को ‘दृष्टि’ र इन्दिरा चापागाईंको ‘अन्त्यहीन परिधि’ गरी दुई लघुकथासङ्ग्रह सार्वजनीकरण गरेको छ ।

उक्त विमोचन कार्यक्रम रोयल ब्याङ्क्वेट तीनकुने बानेश्वरमा भएको हो । यी दुवै लघुकथासङ्ग्रहको प्रकाशन हाम्रो लघुकथा केन्द्र, नेपालले गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि सत्तहत्तर वर्षीय साहित्यकार मोहनबहादुर कायस्थ, डा. हरिप्रसाद भण्डारी, हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसी, कार्यक्रमका सभाध्यक्ष तथा केन्द्रका उपाध्यक्ष डा. शेखरकुमार श्रेष्ठ, सिम्रन  खड्का, अन्त्यहीन परिधिका लेखक इन्दिरा चापागाईं र चापागाईंका गुरु लक्ष्मीप्रसाद दाहालले संयुक्त रूपमा दुई कृतिको सार्वजनीकरण गरेका हुन् ।

कार्यक्रममा मनीषकुमार शर्मा ‘समित’ले स्वागत मन्तव्य राखेका थिए भने विशिष्ट अतिथि डा. हरिप्रसाद भण्डारी, साहित्यकार ध्रुव मधिकर्मी तथा प्रमुख अतिथि मोहनबहादुर कायस्थले शुभकामना मन्तव्यका साथै लघुकथासम्बन्धी धारणा राखेका थिए ।

कृति सार्वजनीकरणपछि स्रष्टा इन्दिरा चापागाईंले उपस्थित सबैलाई धन्यवाद दिएकी थिइन् भने अर्का कृतिकार रुद्र अधिकारी ‘निर्दोषी’ले बेलायतको लन्डनबाट भिडियोमार्फत उपस्थित सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा बिरेन मालाकारले चापागाईंको पहिलो प्रेम र मिसु श्रेष्ठ थपलियाले अधिकारीको सती लघुकथा वाचन गरेका थिए ।

कार्यक्रममा धीरकुमार श्रेष्ठ, सुशीला प्रधानाङ्ग, निर्मला बराल, मदनकुमार पोखरेल, ममता मृदुल, शेखर अर्याल, मन्दिरा मधुश्री, रामराजा केसी, आवेश मिश्र, ज्ञाननिष्ठ ज्ञवाली, श्रीराम राई, रेहित सैँजु, कात्यायन, तुलसीहरि कोइराला, रामकुमार पण्डित क्षेत्री, विनोद नेपाल, दीपक लोहनी, गणेश पन्थी, नमस्ते आधुनिक लघुकथा मञ्चका उपाध्यक्ष यमुना प्रधानाङ्ग, नानीमाया अधिकारीलगायत त्रिहत्तर जना साहित्यकार एवम् साहित्य अनुरागीको उपस्थिति थियो । कार्यक्रममा इन्दिरा चापागाईंका जीवन साथी कृष्णप्रसाद भट्टराईका साथै आफन्तहरूको पनि उपस्थिति थियो ।

कृति सार्वजनीकरणपछि उपस्थित सबैले इन्दिरा चापागाईंलाई जन्मदिनको शुभेच्छा पनि प्रकट गरेका थिए । इन्दिरा चापागाईंले आफ्नो पहिलो कृतिको सार्वजनीकरण आफ्नो जन्मदिनको अवसर पारेर गरेकी हुन् । कृतिकार चापागाईंका विद्यालयीय गुरु लक्ष्मीप्रसाद दाहालले कृतिकारको जन्मदिनमा शुभेच्छा प्रकट गर्दै आशीर्वचन प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन मन्दिरा चापागाईंले गरेकी थिइन् ।

०००
डा. शेखरकुमार श्रेष्ठबाट सम्प्रेषित

Fitkauli Publication Books comming soon
Nepal Telecom ad