साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिबद्ध

हाम्रो शेषपछी सत्ता युवापुस्तालाई सार्ने, बलात्कारीको सङ्ख्या निर्मुलै पार्ने, अनि नेपाललाई स्वर्ग तुल्याई नेपालीलाई स्वर्गवासी तुल्याउने “प्रतिबद्धता” व्यक्त गर्दछु ।

Nepal Telecom ad

आर. सी. रिजाल :

सपनामा एक्कासि नेपाली शब्दकोशको पाना फर्कियो । हाइलाइट गरेको “प्रतिबद्ध” शब्दमा आँखा पर्‍यो । शब्द बोल्न पो लाग्यो । म झसङ्ग भएर ब्युझिएँ ।

त्यही शब्द दोस्रो दिन आयो र मलाई विनम्रतापूर्वक भन्यो- तपाईं साहित्यकार हुनुहुँदोरै’छ । मेरो नाम एकेडेमीको शब्दकोशबाट हटाउन लगाइदिनुस् न ।
– एकेडेमीको पदाधिकारी होइन म भनेँ । ऊ निराश भयो । केही नबोली गयो ।

शब्द तेस्रो दिन पनि आयो । मैले नै सोधेँ – “शब्दकोशबाट किन बाहिरिन खोजेको ?”
शब्दले भन्यो – “राजनेता भनाउँदाले मेरो खिल्ली उडाइरहेछ्न् । सक्तै नसक्ने कुरा गर्छन् । अस्ति एउटा नेताले भ्रष्टाचार निर्मुलपारी देशमा सुशासन कायम गर्ने । शिक्षा, स्वास्थ्य निशुल्क पार्ने । अनि सबै नेपालीका लागि खाना, नाना र छानाको व्यवस्था गर्ने प्रतिबद्धता” व्यक्त गर्दछु भन्यो ।

मैले त्यस्तो भन्नु उहाँहरूको धर्मै हो । यो धर्म निरपेक्ष राष्ट्र हो । कसैले आफ्नो धर्म पालना गर्दा तिमीले चित्त दुखाउनु उपयुक्त हुँदैन भनी सम्झाएर बिदा गरेँ ।

केही दिनपछि “प्रतिबद्ध” निन्याउरो अनुहार पारेर फेरि आयो र भन्न थाल्यो- “साह्रै असैह्य भयो। म आत्महत्या गरौँ कि भनी सल्लाह माग्न आएको ।”
– तेस्तो के पर्‍यो ? मैले सोधेँ ।

८० को भुकम्प भन्दा अब आउने भुकम्पमा कम मान्छे मार्ने, हाम्रो शेषपछि सत्ता युवापुस्तालाई सार्ने, बलात्कारीको सङ्ख्या निर्मुलै पार्ने, अनि नेपाललाई स्वर्ग तुल्याई नेपालीलाई स्वर्गवासी तुल्याउने “प्रतिबद्धता” व्यक्त गर्दछु भन्दै त्यसका अपवित्र मुखले बारम्बार मेरो नाम ओकलेको सुन्दा मलाई भाउन्न भयो ।

“प्रतिबद्ध” ले मेरो निद्रा खल्बलाउन थालेपछि मैले एउटा जुक्ति निकालेँ । शब्दकोशको “प्रतिबद्ध” रहेको पानामा एउटा नेताको फोटो राखेर बन्द गरेँ अनि अर्को कोठाको दराजमा लगेर थन्काएँ । त्यसदिनदेखि ऊ मेरो सपनामा आएको छैन… ।

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x