साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको बाह्रौँं साधारण सभा र १३२ औँ सिर्जना वाचन कार्यक्रम

विगत बाह्र वर्षदेखि राजधानीको पश्चिमी भेगको साहित्यिक गतिविधिमा क्रियाशील अनुपम सिर्जना प्रतिष्ठानको बाह्रौँ साधारण सभा एवम् १३२ औँ सिर्जना वाचन कायक्रम सम्पन्न भएको छ ।

Nepal Telecom ad

काठमाडौं, २०८० माघ २० । विगत बाह्र वर्षदेखि राजधानीको पश्चिमी भेगको साहित्यिक गतिविधिमा क्रियाशील अनुपम सिर्जना प्रतिष्ठानको बाह्रौँ साधारण सभा एवम् १३२ औँ सिर्जना वाचन कायक्रम सम्पन्न भएको छ ।

डा.बमबहादुर थापा जिताली प्रमुख अतिथि र हरि खनाल विशिष्ट अतिथि रहनु भएको कार्यक्रमको सभाध्यक्ष प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष नरनाथ लुइँटेल गर्नु भएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष जगदीश्वर पोखरेलले संस्थाका वर्षभरिका गतिविधीमाथि सङ्क्षिप्त प्रकाश पार्दै स्वागत मन्तव्य प्रस्तुत गरेपछि कोषाध्यक्ष बिनुबाबा घिमिरेले संस्थाको वर्षभरिको आर्थिक आयव्यय विवरण प्रस्तुत गर्नु भयो । सभाले तत्कालै आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

प्रमुख अतिथि डा. बमबहादुर जिताली र विशिष्ट अथिथि हरि खनालले संस्थाको अग्रसरतामा यस भेगमा उल्लेखनीय साहित्यिक कार्यक्महरूको आयोजना गरेको, स्रष्टाहरुलाई सिर्जनामा प्रोत्साहित गरिरहेको र नवस्रष्टाहरूलाई समेत स्थापित हुन सहयोग पुर्‍याइरहेकोमा बधाइ एवम शुभकामना दिनु भएको थियो ।
कलङ्की स्थित एडमार्क कलेजको सभाकक्षमा सम्पन्न साधारण सभाको औपचारिक कार्यक्रमको लगत्तैपछि आरम्भ भएको १३२ औँ सिर्जना वाचन कार्यक्रममा नवराज पौडेलले ‘आभा’ बेनीबहादुर थापाले ‘काठमाडौं’, रामचन्द्र न्यौपानेले ‘विडम्बना’, गंगा सापकोटाले ‘गुराँस, चाँप, बाबरी’, बिनुबाबा घिमिरेले ‘सहरकै कुनामा’ कविता प्रस्तुत गर्नु भयो ।

त्यसपछि शारदा आचार्यले सुमधुर स्वर ‘नदी भेट्न एक्लै बगेको छ खोल्सी’ गजल गाउँनु भयो र चूडा निर्भकले शार्दूलमा ‘गाउँ रित्तिएको’भन्दै भावपूणर् चिन्ता व्यक्त गर्नु भयो । त्यसपछि दुर्गा अधिकारी रिमालले ‘रहर’, सीता पाण्डेले ‘चारु’, रीता खतिवडाले ‘म मात्रै तिम्रो हुन चाहन्छु’, जितु खडकाले ‘बाटो’, जगदीश्वर पोखरेलले ‘‘बन्यौ भ्रष्ट आफैं पर्‍यौ तालिकामा’ र हरि खनालले ‘चराको कहानी…’ कविता वाचन गर्नु भयो भने बालस्रष्टा अभि अधिकारीले गीत गाउनु भएको थियो ।

डा. बमबहादुर जितालीले प्रमुख आतिथेय मन्तव्यका क्रममा संस्था स्थापनामा आफूसमेत रहेको र नववराज पहाडीको योगदान बिर्सन नहुने बताउँदै व्यङ्ग्य कविता सिर्जना सुनाउनु भयो ।

अनुपमकी महासचिव कार्यक्रम सञ्चालिका  सुधा बास्कोटा ढकालले पनि छन्द संरचनाको कविता प्रस्तुत गरेपछि सभाध्यक्ष नरनाथ लुइँटेलले साधारण सभा एवम १३२ औँ सिर्जना वाचनमा समुस्थित सबैलाइ हार्दिक धन्यवाद दिँदै वाचित सिर्जनाको सङ्क्षिप्त समीक्षात्मक टिपप्णी गर्नुभएको थियो । उहाँले सङ्ख्यात्मक भन्दा बढी गुणात्मक सिर्जना प्रस्तुत भएको उल्लेख गर्दै आफ्नो व्यङ्ग्यात्मक ‘हेर तिनका झोले’ कविता वाचन गरी सभा विसर्जन गर्नु भएको थियो ।

०००
-जगदीश्वर पोखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x