साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

देश बिग्रियो अब देश म बनाउँछु भन्छन् युवा जमात अशिक्षाले जनता बिग्रे म मनाउँछु भन्छन् युवा जमात सबै मिली देश बनाउने आँट गर्ने नौजवान नै देशले रगत मागे म खन्याउँछु भन्छन् युवा जमात !!

Nepal Telecom ad

गोपाल काफ्ले :

१.
जिन्दगीले जीवनभर लिइरहन्छ परीक्षा
कुरो बुझेपछि पुनः पुनः दिइरहने इच्छा
व्यवहारशास्त्रमा पारङ्गत भएपछि
पढिरहनु पर्दैन तपाईंले बुर्जुवा शिक्षा !!

२.
शहरले गाउँलाई सम्झन्छ गाउँले शहर
अमृत जति गाउँमा शहरमा खालि जहर
तैपनि शहरी मोह, गाउँ छोड्ने होड उस्तै
खै कस्तो अचम्मको छ मनुष्यको रहर !!

३.
केटो मिहिनेती हो विचरालाई बिगारेको पैसाले हो
केटी नि ठिकै थिई विचरालाई बिगारेको वैँसले हो
धनको पछि लाग्दालाग्दै बेहाल भयो तिनको आज
दुवै ठिकठाक थिए; दुवैलाई बिगारेको ऐसाले हो !!

४.
देश बिग्रियो अब देश म बनाउँछु भन्छन् युवा जमात
अशिक्षाले जनता बिग्रे म मनाउँछु भन्छन् युवा जमात
सबै मिली देश बनाउने आँट गर्ने नौजवान नै
देशले रगत मागे म खन्याउँछु भन्छन् युवा जमात !!

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x