फित्काैली डटकमदोस्रो संयुक्त मासिक रचनावाचन कार्यक्रम सम्पन्न
नेपालका ६७ जिल्लाका प्रशासकीय अनुभव सम्हाली सक्नुभएका आदरणीय व्यक्तित्व साहित्यकार जयनारायण नेपाल प्रमुख अतिथि र अग्रज साहित्यकार ज्ञानराज सुवेदी हुनुहुन्थ्याे ।

भक्तपुर, २०८० माघ २० । याे महिनाकाे तेस्रो शनिबार भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको दोस्रो संयुक्त मासिक रचनावाचन कार्यक्रम सम्पन्न भएकाे छ ।
युवा प्रौढ पाका सँगै छौँ कुदेका ।
सुनायौँ र सुन्छौँ र लेख्छौँ बुझेका ।।
कहाँ छेक्छ हावा न पानी बतास ।
अँध्यारो छिचोल्दै दिनेछौँ प्रकाश ।।
समाजका अध्यक्ष कविराज घिमिरेको अध्यक्षतामा र अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीको सञ्चालनमा अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारी भक्तपुरमा सम्पन्न गरियो ।
विगत लामो समय नेपालका ६७ जिल्लाका प्रशासकीय अनुभव सम्हाली सक्नुभएका आदरणीय व्यक्तित्व साहित्यकार जयनारायण नेपाल प्रमुख अतिथि र अग्रज साहित्यकार ज्ञानराज सुवेदी एवम् अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारी भक्तपुरका प्रिन्सिपल रवि सुवालज्यू विशेष अतिथि रहनु भएको थियाे ।
कार्यक्रमा समाजका सल्लाहकार लालबहादुर भुजेल, उपाध्यक्ष दीनानाथ पोख्रेल, कोषाध्यक्ष वसन्ती भुजेल,सदस्य रामशरण न्यौपाने साथै साहित्यकार पदम दाहाल, धरणीधर गुरागाईं, कृष्णप्रसाद पौडेल राजेन्द्र कुमार वज्राचार्य, एम पी पाण्डे, केशव ज्ञवाली आगत, गोविन्द नागेला, राजकुमार भण्डारी, श्यामबहादुर केसी शैलुङ्गे र कुसुम घिमिरे लगायत अतिथि साहित्यकारकाे उपस्थिति रहेको थियो ।
प्रस्तुत भएका रचनाका टिप्पणीकार कवि पदम दाहाल रहनु भएको कार्यक्रममा साहित्यकार ज्ञानराज सुवेदीबाट “सकिन्न भन्नै कुन्नि के भो के भो” श्रृङ्गार रसको कविता, दीनानाथ पोख्रेलबाट कविता- बाबा आमा रमाउन् हरदिन घरमा …, , रामशरण न्यौपानेबाट कविता-वृद्ध नै छन् विशेष, राजकुमार भण्डारीबाट- मुक्तक-हिमाल छट्पटाउँछ, गोविन्द नागेलबाट-गजल-जे बन्नुछ बन्नोस्, राजेन्द्रकुमार वज्राचार्यबाट- शार्दूलविक्रीडितमा गीत,श्रीबहादुर केसीबाट- मुक्तक, एम पी पाण्डेबाट- गजल- पेन्सनपट्टाको कमाइ प्रस्तुत गरियाे ।
त्यसै गरी वसन्ती भुजेलबाट लोकगीत- दमौलीमा गेट, लालबहादुर भुजेलबाट मुक्तक- वृद्धवृद्धा, धरणीधर गुरागाईँबाट गजल- सहरमा खोज्दै, कृष्णप्रसाद पौडेलबाट कविता- जान्छन् सबै बाहिर, कुसुम घिमिरेबाट कविता- मलामी हराएको देश, केशव ज्ञवाली आगतबाट कविता- अर्को सूर्य चाहियो, कविराज घिमिरेबाट कविता- वृद्ध चिन्तन, जयनारायण नेपाल छेस्का -शहीदको सम्झना, जीवनाथ अधिकारीबाट कविता- शेष छन् अङ्कमाल वाचन गरियाे ।
पदम दाहालबाट आफ्नो सुन्दर कविता वाचन सहित प्रस्तुत भएका विभिन्न विधाका रचनामा सूक्ष्म ढङ्गले विस्तृत चिरफार साथै ओजपूर्ण समीक्षा गर्दै रवि दुवालबाट कार्यक्रमबाट आफू अत्यन्त प्रभावित बनेको बताउनु भयाे ।
कार्यक्रम गर्न निरन्तर तत्पर रहने र साहित्यकारहरूबाट केही पुस्तक पनि पुस्तकालयका लागि खरिद गर्ने प्रतिवद्धता, प्रमुख अतिथिज्यूबाट मन्तव्यका साथै दुवै संस्थालाई शुभकामना, कार्यक्रमको निरन्तरताको खाँचो रचना नयाँ ताजा लेखिएर आउनुपर्ने र आएका रचनाहरू प्रकाशन गर्नुपर्ने महत्त्वपूर्ण सुझाव दिनु भयाे ।
यसपछि आफ्नो विचारका साथै सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै सभापतिज्यूबाट कार्यक्रम समापन गरियो ।
०००
– कविराज घिमिरेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































