फित्काैली डटकमवरिष्ठ हास्यव्यङ्ग्यकार चाेलेश्वर शर्मा पुरस्कृत हुँदै
शर्माको पछिल्लो कृति ''सगरमाथा एक पहाडकाे नाम हाेइन'' (२०७९) लाई 'जगत्-चन्द्र स्मृति राष्ट्रिय पुरस्कार'द्वारा पुरस्कृत गर्ने निर्णय संस्थाले गरेको हाे ।

पाल्पा, २०८० फागुन ७ । रत्न श्रेष्ठ पुरस्कार गुठी, बागलुङले साहित्यकार चाेलेश्वर शर्मा लगायतका अन्य स्रष्टा र साधकहरूलाई सम्मान गर्ने भएको छ ।
शर्माको पछिल्लो कृति ”सगरमाथा एक पहाडकाे नाम हाेइन” (२०७९) लाई ‘जगत्-चन्द्र स्मृति राष्ट्रिय पुरस्कार’द्वारा पुरस्कृत गर्ने निर्णय संस्थाले गरेको हाे ।
२०३४ सालमा स्थापित उक्त संस्थाले वाङ्मयका विभिन्न क्षेत्रमा साधना गरी याेगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।
साहित्यकार शर्माले नेपाली हास्यव्यङ्ग्य लेखनमा सुकिलाे पहिचान बनाउनुभएको छ । ”म त अप्रिलफुल भएँछु” (२०४२) उहाँको पहिलो प्रकाशित निबन्धसङ्ग्रह हाे । राष्ट्रिय तथा स्थानीय पत्रिकाहरूमा उहाँका दर्जनाैँ हास्यव्यङ्ग्य निबन्धहरू प्रकाशित हुँदै आएका छन् ।
वि.सं. २०५१ मै ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार, गरिसक्नु भएका शर्माकाे पछिल्लो कृति ‘सगरमाथा एक पहाडको नाम होइन’ प्रकाशित भएपछि उहाँले थप दुईवटा राष्ट्रिय स्तरका पुरस्कारहरू प्राप्त गरिसक्नु भएकाे छ । , ‘सकला सिद्धार्थ वाङ्मय पुरस्कार २०७९’, र ‘फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य सम्मान, २०८०’ पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे थियाे ।
(‘फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य सम्मान, २०८० द्वारा सम्मानित हास्यव्यङ्ग्यकार चाेलेश्वर शर्मालाई फित्काैली डटकम हार्दिक बधाई ज्ञापन गर्दछ ।)
०००
– टङ्क पन्तद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest










































