साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवकोटा लुसुन प्रज्ञा पुरस्कार प्रा.डा. चूडामणि बन्धुलाई

पचास हजार राशि सम्मानपत्र सहितको उक्त पुरस्कार प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनीलकुमार पौड्यालले समर्पण गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौँको, २०८० फागुन ७ । अनामनगर स्थित सामाजिक विकासको सभाहलमा देवकोटा लुसुन प्रज्ञा पुरस्कार प्रा.डा. चूडामणि बन्धुलाई समर्पण गरिएको छ ।

नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा र चिनका महान साहित्यकार लुसुनको सम्मानमा स्थापित देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठान नेपालले दुबै साहित्यकारको नाममा देवकोटा लुसुन प्रज्ञा पुरस्कारको स्थापना गरी हरेक वर्ष भाषा साहित्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एकजनालाई पुरस्कृत गर्दै आएको छ ।

यसभन्दा अगाडि देवकोटा लुसुन प्रज्ञा पुरस्कारबाट वरिष्ठ साहित्यकार शान्तदास मानन्धर र सिक्किमका साहित्यकार मोहन दुखुनलाई पुरस्कृत गरिएको थियो ।

पचास हजार राशि सम्मानपत्र सहितको उक्त पुरस्कार प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनीलकुमार पौड्यालले समर्पण गर्नुभएको थियो ।

नेपाली भाषा साहित्यमा विशेष योगदान पुर्याउनु हुने चूडामणि बन्धुलाई पुरस्कृत गर्नु पाएकोमा संस्थाका उपाध्यक्ष एंव पुरस्कार छनोट समितिका संयोजक मातृका पोखरेलले गौरवान्वित भएको बताउनु भएको थियो ।

स्वागत मन्तव्यको क्रममा पोखरेलले आफ्ना गुरु समेत रहनु भएका बन्धुको भाषा साहित्य र प्राध्यापन क्षेत्रमा उल्लेखनीय देन रहेको बताउनु भएको थियो । त्यस्तै सम्मानित व्यक्तित्वका विषयमा बोल्नु हुँदै प्रा.डा. भरत कुमार भट्टराईले चूडामणि बन्धुको कृतित्व र व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।

त्यस्तै अर्का वत्ता साहित्यकार समालोचक ज्ञानु पाण्डेले चूडामणि बन्धु जस्तो विशिष्ठ प्रतिभालाई सम्मान गरेर संस्था आफैमा सम्मानित भएको भन्दै पुरस्कृत बन्धुका विविध आयाममाबारे बोल्नु भएको थियो ।

पुरस्कृत चूडामणि बन्धुले देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानले आफूलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानले चूडामणि बन्धु जस्ता भाषा साहित्य विज्ञहरूलाई पुरस्कृत गर्ने सम्मान गर्ने संस्थाले असल काम गरेको भन्नुभएको थियो ।

सुनील कुमार पौड्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा करिब ६० जना लेखक साहित्यकारहरूको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण संस्थाका महासचिव सीता शर्माले गर्नु भएको थियो ।

०००
– मातृका पोखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x