साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रान्तिकारी कवि किसानमा प्रणाम !

माया पोख्यौ धरामा, गरम– कलमले, होसियारी गरायौ । चर्का सङ्घर्ष छेड्यौ, प्रखर रस कडा ! वीरमा गड्गडायौ ।। देखिन्छन् शैलजस्तै, कविवर–रचना, चम्किंदो स्वाभिमान । संझन्छौं अग्रगामी, जनमन मुटुले, गर्दछौं रे प्रणाम !

Nepal Telecom ad

जनकवि केवलपुरे किसानकाे सम्झनामा  

 

badri prasad dahalसामन्तीतन्त्र मास्ने, कसरत कविजी ! लेखनीमा उठायौ ।
थोत्रा रोगी पुराना, प्रचलित–रचना, फेर्न साथी जुटायौ ।।
राणाको तन्त्र तोड्ने, सबल–मन लिई, तीनधारा उचाल्यौ ।
रोज्यौ निर्वास चर्को, ‘कलम–बम’ लिई दुष्ट दम्भी फुकाल्यौ ।।

गर्दै आह्वान लेख्यौ, जन–कवि ! कविता, क्रान्तिको मार्ग कोरी ।
सग्ला अग्ला किसानी, जनमन–लयमा, काव्य जाे छन् निशानी ।।
जे देख्यौ प्रष्ट लेख्यौ, कविकुलमणि हौ, गर्व नेपाल गर्छ ।
सत्ताको गान गर्ने, अधम–तम हटी, गर्जना काव्य गर्छ ।।

डस्ने धस्ने र चुस्ने , गरिप–जन डसी, ढाँट गर्ने विरुद्ध ।
सिस्नोपानी लगायौ, श्रमरस चुसने, लामखुट्टे विरुद्ध ।।
लाङ्घाली बन्न तम्स्याै, अभिनव स्वरमा, जातका भेद तोड्यौ ।
देवीकै शक्ति जोड्यौ, जनहित–पथमा, लेखनीलाई मोड्यौ ।।

कङ्गो– लङ्का – युगाण्डा, जन–मन झगडा, चर्किए हानमार ।
त्यस्तै यो देश बन्ला, दल–बल अगुवा ! भन्दथ्याै होसियार ।।
सत्ताको स्वार्थ ओडी, धन–पद–मदमा, ‘शाह–राणा ’ नबन्नू ।
लुट्ने चुट्ने भकुर्ने, अधम मम–प्रथा, क्रान्तिले नै निमोठ्नू ।।

माया पोख्यौ धरामा, गरम– कलमले, होसियारी गरायौ ।
चर्का सङ्घर्ष छेड्यौ, प्रखर रस कडा ! वीरमा गड्गडायौ ।।
देखिन्छन् शैलजस्तै, कविवर–रचना, चम्किंदो स्वाभिमान ।
संझन्छौं अग्रगामी, जनमन मुटुले, गर्दछौं रे प्रणाम !

०००
धादिङ बेसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चट्याङ मास्टरको चट्याङ गीताको छैटौँ मालाको ताला !

चट्याङ मास्टरको चट्याङ गीताको...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
दादावाद उर्फ डनवाद !

दादावाद उर्फ डनवाद !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x