साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पारिजात स्मृति केन्द्रको ३० औं वार्षिक साधारणसभा

कार्यसमिति सदस्य मातृका पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गर्‍यो ।

Nepal Telecom ad

काठमाडाैं, २०८० फागुन ६ । पारिजात स्मृति केन्द्रको ३० औं वार्षिक साधारणसभा पारिजात स्मृति भवन म्हेपि, नयाँबजारमा सम्पन्न भयो ।

मार्क्सवादी सांस्कृतिक मोर्चाका संयोजक एवम् प्रगतिवादी कथाकार इस्मालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त सभाको सभापतित्व केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले गर्नुभएको थियो ।

साधारणसभामा महासचिव दीलसुन्दर श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डा. विन्दु शर्माले प्रस्तुत गर्नुभएको आ.व. २०७९ / ०८० को लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो ।

उक्त साधारणसभाले कार्यव्यस्तताको कारण देखाई कोषाध्यक्ष देविका तिमिल्सिनाले दिनुभएको राजिनामा स्वीकृत गरी गएको कार्यसमिति वैठकबाट कार्यसमिति सदस्य डा. विन्दु शर्मालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको निर्णयलाई सर्वसम्मत अनुमोदन गर्‍यो ।

त्यसैगरी साधारणसभाले अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले कार्यव्यस्तताको कारण देखाउँदै दिनुभएको राजिनामा स्वीकृत गरी कार्यसमिति सदस्य मातृका पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गर्‍यो ।

उक्त साधारणसभाले रिक्त रहेको कार्यसमिति सदस्यमा कवि केशव सिलवाल र समालोचक अमृता शर्मालाई मनोनयन गर्‍यो ।

साधारणसभामा स्मृति केन्द्रका पूर्व अध्यक्ष एवम् वर्तमान कार्यसमिति सदस्य डा. महेश मास्के, अध्यक्ष मातृका पोखरेल, वरिष्ठ अधिवक्ता उषा मल्ल पाठक, साहित्यकार डा. गीता त्रिपाठीले मन्तव्य राख्नुभएको थियो ।

साधारणसभालाई स्मृति केन्द्रका महासचिव दीलसुन्दर श्रेष्ठले संचालन गर्नुभएको थियो भने कार्यसमिति सदस्य सीता शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x