फित्काैली डटकमहिमालयन पर्यटन उत्सव र साहित्यिक कार्यक्रम
दार्जिलिङ जिल्लाको मिरिक नगरपालिकाअन्तर्गत पुस्तकालयको सभा हलमा चौथो बङ्गाल हिमालयन पर्यटन उत्सवको अवसर पारेर नगर पुस्तकालयले एउटा साहित्यिक कार्यक्रमको आयोजना गरेको हो ।

मिरिक / ३ मार्च २०२४ अर्थात् २० फागुन २०८० आइतवारका दिन भारतको दार्जिलिङ जिल्लाको मिरिक नगरपालिकाअन्तर्गत पुस्तकालयको सभा हलमा चौथो बङ्गाल हिमालयन पर्यटन उत्सवको अवसर पारेर नगर पुस्तकालयले एउटा साहित्यिक कार्यक्रमको आयोजना गरेको हो ।
नगर पुस्तकालयका अध्यक्ष गणेश बराइलीको अध्यक्षता, मिरिक महकुमा शासक प्रियङ्का सिंहको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा साहित्य सुनौँ परिवार मिरिकका अध्यक्ष राजबहादुर राई, सचिव शीला लामा, नगर पुस्तकालयको सचिव एसबी गजमेर, प्रशासक दधिराम घिमिरे, मिरिक उच्चत्तर माध्यमिक विद्यालयका शिक्षक प्रभारी सुवास खाती, लुईस इङ्लिस स्कूलका शिक्षक साइमन लेप्चा, एसडीडीएमओ मिरिकका शिवजी व्यानर्जी आदि व्यक्तित्वहरूको विशिष्ट आतिथ्य रहेको थियो ।
मञ्चासिन अतिथिवर्गलाई स्वागत तथा कार्यक्रम आयोजना गर्नुको औचित्य प्रष्ट पार्दै पुस्तकको महत्व , पुस्तकालयको भ्रमण र पुस्तक अथाह ज्ञानको भण्डार भएकाले आवश्यकता मात्र पूरा गर्ने गुगलको प्रविधिसमेत खल्लो हुने दावी गर्दै नगर पुस्तकालय प्रभारी शीला गुरुङले स्पस्ट पार्नुभएको थियो ।
त्यसपछि भने दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । त्यसो त कार्यक्रममा मिरिक महाविद्यालयका विद्यार्थीहरू रीतु खवास, पूजा सुब्बा, सिद्धार्थ सुब्बा, र प्रिवद सुवेदीले आ-आफ्ना रचना प्रस्तुत गरेका थिए । त्यसैगरी शिक्षक साइमन लेप्चा, सुवास खाती, प्रकाशक दधिराम घिमिरे र सासुपका अध्यक्ष राजबहादुर राई आदि स्रष्टाहरूले पुस्तक र पुस्तकालयको बारे आ- आफ्ना मन्तव्य राखेका थिए ।
सचिव शीला लामा , पुस्तकालय प्रभारी शीला गुरुङ र महकुमा शासक प्रियङ्का सिंह आदिले क्रमशः सम्मान- पत्र पठन, अङ्गवस्त्र प्रदान गरी हस्तान्तरण गर्नेगरी जगत्मा पानीको महत्वअन्तर्गत’ पिउने पानीको संरक्षण’ शीर्षकमा विद्यावारिधि गर्ने मिरिक फुवागढी निवासी शुभेच्छा घतानीलाई पुस्तकालयको पक्षबाट सम्मान जनाइएको थियो । आफू सम्मानित भएकोमा गर्वबोध गर्दै घतानीले पुस्तकालयप्रति आभार व्यक्त गरेकी थिइन् साथमा यो साइबर युगमा पनि पुस्तकालयको महत्व फरक र विशेष रहेको बताइन् ।
त्यसैगरी प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा मिरिक महकुमा शासक प्रियङ्का सिंहले पनि पुस्तकालयको महत्व बारे गहिरो विश्लेषण प्रस्तुत गरिन् ।
यसै अवसरमा छिमेकी मित्रराष्ट्र देश नेपालको झापा जिल्लाबाट मिरिक आइपुगेकी कवि पृथक प्रकृतिले पनि रचना वाचन गरेपश्चात नगर पुस्तकालय मिरिकको पक्षबाट सम्मानसहितको स्मृति चिन्हको भागीदार बनेकी थिइन् ।
अन्तमा अध्यक्ष गणेश बराइलीद्वारा उपस्थित सबै सहभागीहरूमा शुभकामना तथा धन्यवाद ज्ञापन गर्दै सहभागी बन्ने अवसर प्रदान गरेकोमा पश्चिम बङ्गाल सरकार र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका पर्यटन विभागप्रति पनि आभार व्यक्त गर्दै कार्यक्रम समापन भएको जानकारी गराएका थिए ।
यस कार्यक्रमको सञ्चालन स्रष्टा दीप प्रधानद्वारा गरिएको दीप प्रधानले जानकारी दिए ।
०००
– फित्कौली डटकमका लागि मेची प्रतिनिथि नदी भट्टराई
Subscribe
Login
0 Comments
Oldest










































