साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार पारिजातको ३१ औं स्मृति दिवसमा ४ जना सम्मानित

साहित्यकार पारिजातको ३१ औं स्मृति दिवसका अवसरमा स्रष्टा एवम् अधिकारकर्मीहरुलाई पारिजातका नाममा स्थापित विभिन्न सम्मानहरू प्रदान गरिएको छ ।

Nepal Telecom ad

काठमाडौं, २०८१ वैशाख ५ । पारिजात स्मृति केन्द्रको आयोजनामा आज साहित्यकार पारिजातको ३१ औं स्मृति दिवसका अवसरमा स्रष्टा एवम् अधिकारकर्मीहरुलाई पारिजातका नाममा स्थापित विभिन्न सम्मानहरू प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राई, प्रगतिवादी समालोचक निनु चापागाई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति रायन र पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलले पारिजात बालसाहित्य सम्मान – २०८० बाट बालसाहित्यकार प्रा. डा. धुर्व घिमिरेलाई, पारिजात कला सम्मान – २०८० बाट जनवादी गीतकार उदय श्रेष्ठलाई, पारिजात सृजन सम्मान – २०८० बाट कवि शोभा दुलाललाई र पारिजात संघर्षशील नारी सम्मान – २०८० बाट संघर्षशील नारी सम्मान निर्मलादेवी साहलाई प्रदान गरिएको हो।

प्रमुख अतिथिको रुपमा मन्तव्य राख्नु हुँदै कुलपति भूपाल राईले पारिजात एकजना साहित्यकार मात्र नभएर ‘विचारधारा’ कै रूपमा स्थापित हुनुभएको व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानले पारिजात विचारधारालाई छलफलको विषय बनाउन चाहिरहेको बताउनुभयो ।

उक्त समारोहमा वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार मोहन दुवालले पारिजातसँग विताएका विगतका समयहरुको संस्मरण गर्दै नेपाली साहित्यमा पारिजातले पुऱ्याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

पारिजात स्मृति केन्द्रका कोषाध्यक्ष डा. विन्दु शर्माले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कार्यसमिति सदस्य अमृता शर्माले सम्मानित व्यक्तित्वहरुको योगदानको चर्चा गर्नुभएको थियो ।

विगत केही समयदेखि पारिजात स्मृति केन्द्र र प्रकाशक द्वय दिल ‘वरदान’ , सुवास श्रेष्ठबाट संयुक्त रूपमा प्रकाशन हुँदै आएको ‘वेदना’ साहित्यिक पत्रिका अबदेखि www.ebedana.com का रूपमा अनलाइनमाध्यमबाट प्रकाशित हुने जानकारी गराइएको थियो र सोही अवसरमा अनलाईन संस्करणको प्रगतिवादी समालोचक एवम् वेदनाका सल्लाहकार निनु चापागाईले सुभारम्भ गर्नुभयो । उक्त अनलाईन संस्करणमा सम्पादक एवम् कवि केशव सिलवाल र वेभसाइट डिजाइनर संगीतकर्मी केशर कालिकोटेले अनलाइनमा साहित्यिक पत्रिका प्रकाशन गर्दाका सीमा एवम् चुनौतिका बारेमा आफ्ना धारणाहरू राख्नु भयो ।

सम्मानित प्रतिभाहरु प्रा. डा. धुर्व घिमिरेलाई, उदय श्रेष्ठ र शोभा दुलालले सम्मानित हुँदाका आफ्ना अनुभूति राख्नुभएको उक्त समारोहमा स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यकमको संचालन केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x