साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँसु झार्ने नपार

आफैँ ज्यादा परपर भए टाढिए वा हराए पाकाको नै दिलबिच ठुलो चोट मात्रै गराए टाढा राखीकन विरहमा तड्पिने बार बार आमा बाबाकन सपुतले आँसु झार्ने नपार ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

यी हुन् हाम्रा सकल जिउँदा देव देवी समान
हाम्रो देही फगत यिनकै रक्तको हो निसान
त्यो थाप्लोमा खुन र दुधको ढेर बोकेर भार
आमा बाबाकन सपुतले आँसु झार्ने नपार ॥१

दाता धाता खुद विरहमा वेदनामा डुबाई
हेला गर्दै अति पर बसी सम्झनामा रुहाई
पार्दै ज्यादा तकलिफ हरे गर्न छोडी विचार
आमा बाबाकन सपुतले आँसु झार्ने नपार ॥२

वृद्धावस्था दिन प्रतिदनै देहमा पर्छ बाधा
पार्दा खारीकन विचिध ती रोगले देह आधा
यो माटोमा त्यस कपुतले बाँच्नुको हुन्न सार
आमा बाबाकन सपुतले आँसु झार्ने नपार ॥३

आफैँ ज्यादा परपर भए टाढिए वा हराए
पाकाको नै दिलबिच ठुलो चोट मात्रै गराए
टाढा राखीकन विरहमा तड्पिने बार बार
आमा बाबाकन सपुतले आँसु झार्ने नपार ॥४

वृद्धावस्था बिच सकसले धान्न रोजै गुहस्थी
हड्डी घोटीकन शिव हरे नित्य खाएर सास्ती
बृद्धा हाम्रा अपितु नपरुन् बन्नलाई सिकार
आमा बाबाकन सपुतले आँसु झार्ने नपार ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x