फित्काैली डटकमआख्यानकार रमेश विकलका समग्र आख्यान ग्रन्थ प्रकाशित
आख्यानकार रमेश विकल समग्र मूल शीर्षक अन्तर्गत यिनमा विकलका समग्र कथा, उपन्यास र नाटक गरी अलग अलग तीनवटा खण्डमा प्रकाशित भएका हुन् ।

काठमाडौं, २०८१ साउन २ । विशिष्ट आख्यानकार रमेश विकलका तीन महाग्रन्थ प्रकाशनमा आएका छन् । रमेश विकल समग्र मूल शीर्षक अन्तर्गत यिनमा विकलका समग्र कथा, उपन्यास र नाटक गरी अलग अलग तीनवटा खण्डमा प्रकाशित भएका हुन् ।
विकलका कतिपय कृतिहरू प्रकाशकद्वारा नयाँ संस्करण प्रकाशन नगरिँदा अप्राप्य भई शोधार्थी, विद्यार्थी र पाठकहरूमा कठिनाइ परिरहेको थियो । यस्तो अवस्थामा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा गरिएको रमेश विकल साहित्य प्रतिष्ठानको यो प्रकाशन कार्य अत्यन्तै महत्त्वपूर्ण ठानिएको छ ।
प्रतिष्ठानद्वारा प्रेस विज्ञप्ति जारी गरी रमेश विकल समग्र, कथा खण्डमा प्रकाशित दशवटा कथा सङ्ग्रहका कथाहरूका साथै सङ्ग्रहमा नआएका फुटकर प्रकाशित ३३ वटा गरी करिब एक सय पचासवटा कथा १३९२ पृष्ठमा विस्तारित चएकाे जानकारी दिइएकाे छ ।
त्यसैगरी ९४४ पृष्ठको उपन्यास खण्डमा उनका तीनवटा चर्चित उपन्यास सुनौली, अविरल बग्दछ इन्द्रावती र सागर उर्लन्छ सगरमाथा छुन समावेश गरिएका छन् ।
विज्ञप्ति अनुसार ६०८ पृष्ठको नाटक खण्डमा
विकलका प्रकाशित चार नाट्य कृतिसँगै फुटकर प्रकाशित नौवटा नाटकहरूकाे समेत सङ्ग्रह गरिएकाे छ।
यति महत्वपूर्ण ग्रन्थको प्रकाशनमा आर्थिक सहयोग उपलब्ध गराउने गोकर्णेश्वर नगरपालिका परिवारका साथै २०१६ सालदेखि २०७५ सम्मका अलग अलग कालखण्डमा प्रयुक्त वर्णविन्यासगत विविधतालाई एकरूपतामा ल्याउने कठिन सम्पादन कार्य सफलतापूर्वक सम्पन्न गरी सहयोग गर्नुहुने वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीलाई प्रतिष्ठानले धन्यवाद ज्ञापन गरेको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest





































