साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा आमा

प्रिया साथी मिल्लान् विविध गुणका स्वर्ण धनले । गुमेका बा आमा यस अवनिमा भेट्छ कसले ?।। पिता माता त‍ोड्दा अशुभ सपना देख्छ भयको । करोडौँ पैसाले जनक जननी मिल्छ कसको ?।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल जस्ताघरे :

छ यो वृद्धावस्था कठिनपनक‍ो तागत घट्यो ।
पिता माता पाका शिथिलजनका राहत गुम्यो।।
अझै बा आमाका पिर सकसका क्रन्दन बढ्यो।
कडा धक्का मार्ने प्रलयसरिका कम्पन दियो।।
१

सयौँ पीडा झेल्दै प्रिय जननका रक्षक बने ।
वधू छोरा छोरी कुटिल मनले निष्ठुर बने ।।
पिताका माताका जतन सिपले सक्षम भए ।
बुबा आमा छोडी ऋणधन गरी बाहिर गए।।
२

बुहारी छिन् बाठी सुत पनि अहो ! चल्छ कसरी ।
परेवाको जोडी घुरघुर गरी घुर्छ जसरी ।।
यता बाबा माता खुब विवशमा छन् विरहमा ।
वधू छोरा छोरी मुसुमुसु गरी छन् रहरमा।।
३

यहाँ बाबा आमा असल नमुना हुन् प्रगतिका।
कठै जोडी छुट्दा विचलित कथा छन् विकलका ।।
वधू आँखा तर्छिन् अनि सुत अझै भन्छ सुतुवा।
छ आफ्नै छोरो त्यो खलसरि भने बन्छ चितुवा ।।
४

न छन् बाधा हर्ने न वरपर छन् मित्र सँगिनी।
दया गर्ने कोही मनुज नहुँदा व्यर्थ छ जुनी।।
यसो भन्दै रुन्छन् धुरुधुरु पिता मातृ घरका।
यहाँ बा आमाका जनन किन छन् छुद्र मतिका ?।।
५

प्रिया साथी मिल्लान् विविध गुणका स्वर्ण धनले ।
गुमेका बा आमा यस अवनिमा भेट्छ कसले ?।।
पिता माता त‍ोड्दा अशुभ सपना देख्छ भयको ।
करोडौँ पैसाले जनक जननी मिल्छ कसको ?।।
६
०००
बट्टार,नुवाकोट । हाल: बालाजु, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x