साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय सुसेली फाउन्डेसनकाे उनान्साठिऔँ स्वतन्त्र सुसेली गायन

मञ्चकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको सञ्चालन र स्वागत मन्तव्यबाट सुरु भएको फाउन्डेसनको उनान्साठीयौं स्वतन्त्र सुसेली गायन/वाचन कार्यक्रममा १२ जना कवि साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ मङ्सिर १५ । राष्ट्रिय सुसेली फाउन्डेसन नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेकाे सभापतित्व, मञ्चकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको सञ्चालन र स्वागत मन्तव्यबाट सुरु भएको फाउन्डेसनको उनान्साठिऔँ  स्वतन्त्र सुसेली गायन/वाचन कार्यक्रममा १२ जना कवि साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

स्वतन्त्र सुसेली गायनको क्रममा क्रमशः कवि जानुका थापा रायमाझी, वासुदेव ठकुरी, चन्द्रा न्यौपाने, गंगा लिगल, उत्तम भेटुवाल, रामशरण न्यौपाने, प्रतिभा देवी न्यौपाने, द्वारिका कुइकेल, घनश्याम पौडेल एवम् आजका विशिष्ट अतिथि आदरणीय वरिष्ठ साहित्यकार कवि कलानिधि दाहालले आ-आफ्ना समसामयिक सुसेलीहरू सुन्दर र लयात्मक ढंगले प्रस्तुत गर्नु भएको थियो ।

सुसेलीमा सम्रचनात्मक एकरुपता देखिनु पर्ने र आफूलाई सन्तोष लाग्ने सिर्जना तथा कार्य गर्न, संस्थाको आर्थिक पाटोलाई दरिलो बनाउँन ठूलो धनराशिको अक्षयकोष स्थापना गरि संस्थाको संरक्षक बन्नुभएकोमा चन्द्रा न्यौपानेलाई हार्दिक बधाई तथा धन्यवाद सहित कार्यक्रम अत्यन्तै सुन्दर र भव्य रहेको कुरा बताउँदै विशिष्ट अतिथिले कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रमलाई समापन गर्नु अघि फाउन्डेसनका अध्यक्ष दुर्गा भमरकोटेले सुसेली फाउन्डेसनका सल्लाहकार डा. शैलेन्दुप्रकाश नेपाल परिवार र संरक्षक चन्द्रा न्यौपाने परिवारमा पर्न गएको शोक प्रति संस्थाको तर्फबाट गहिरो समवेदना व्यक्त भयो ।

यो महिनामा सुसेली महोत्सव विशेष कार्यक्रम गर्नुपर्नेमा सम्भव नभएको तर महिला दिदीबहिनीलाई वनभोजको कार्यक्रम तय गर्न अनुरोध गर्दै, सुसेलीले अौपचारिकता पाएसँगै सुसेली र सुसेलीका सर्जकहरू सम्मानित हुँदै गरेका समाचारहरू आइरहेको जानकारी गराउँनु भयाे ।

आगामी पौष महिनाको स्वतन्त्र सुसेली गायन/वाचन कार्यक्रममा सबैसँग भेट गर्न पाइने छ भन्ने आशाका साथ आजका सहभागी अतिथि कविहरूमा धन्यवाद दिँदै सभाको विसर्जन गरिएको थियो ।

०००

दुर्गा भभमकाेटेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x