साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १६७ औँ शृङ्खलामा बाजुरामकाे आख्यान कृति लोकार्पण

सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वरिष्ठ साहित्यकार विजय चालिसेको सभापतित्वमा सम्पन्न यो कार्यक्रममा वरिष्ठ साहित्यकार नरेन्द्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ मङ्सिर १५ । आज सुरभि साहित्य प्रतिष्ठानको १६७ औँ शृङ्खलामा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौड्यालको कथासङ्ग्रह ‘आकाश खुल्दै थियो’ को लोकार्पण र नियमित आख्यानवाचनको कार्यक्रम सम्पन्न भएको छ ।

सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वरिष्ठ साहित्यकार विजय चालिसेको सभापतित्वमा सम्पन्न यो कार्यक्रममा वरिष्ठ साहित्यकार नरेन्द्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । सुरभिका संरक्षक तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, वरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारी र समाजसेवी दीपकसिंह भण्डारीको विशिष्ट आतिथ्य रहेको थियो भने दिवाकर न्यौपाने, मधुसूदनप्रसाद घिमिरे, पुष्कर चालिसेलगायतको आतिथ्य रहेको थियो ।

सुरुमा नियमित कथावाचन गरियो र त्यसपछि पुस्तक लोकार्पणको कार्यक्रम गरियो । प्रमुख अतिथि नरेन्द्रराज पौड्याल र अन्य विशिष्ट अतिथि र अतिथिहरूको हातबाट सामूहिक लोकार्पण गरिएको कथासङ्ग्रह ‘आकाश खुल्दै थियो’को समीक्षा वरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारीले गर्नुभएको थियो । उहाँले कथासङ्ग्रहमा भएका तेह्र ओटै कथाहरूको कथानक, पात्र, कथामा प्रयोग भएको भाषा र शब्दशक्तिको बारेमा विस्तृत समीक्षा गर्नुभयो । प्रमुख अतिथि नरेन्द्रराज पौड्यालले बाजुरामको लेखन कौशलको कुरा गर्दै कविताबाट पुस्तक र बाजुरामका बारेमा आफ्नो भनाइ राख्नुभयो ।

कथाकार बाजुराम पौडेलले कथालेखनका कुरा गर्दै लेखनमा साथ-सहयोग गर्ने र उपस्थित सबैलाई धन्यवाद दिनुभयो । अन्य अतिथि वक्ताहरूमा गोविन्द घिमिरे वेदमणि र दीपकसिंह भण्डारीले बाजुराम पौडेलको लेखनक्षमताको सराहना गर्नुभयो । त्यसैगरी सभापति विजय चालिसेले बाजुराम पौडेलको साहित्यिक यात्राका बारेमा बताउँदै वहाँको पहिलो पाइलो खण्डकाव्यबाट सुरु भएको र पछि चार ओटा महाकाव्य, पाँच ओटा उपन्यास, दुई ओटा कवितासङ्ग्रह, एउटा आत्मवृतान्त र एउटा निबन्धसङ्ग्रह प्रकाशन गरिसकेर यो आकाश खुल्दै थियो कथासङ्ग्रह प्रकाशन गर्नु सामान्य कुरा नभएको बताउनुभयो ।

त्यसै गरी सुरभि साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष असार महिनामा प्रदान गर्ने गरी माता नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष पुष्कर चालिसेद्वारा स्थापित ‘सुरभि-मुना-पुष्कर चालिसे छन्द कविता पुरस्कार’का लागि अक्षयकोष रु.२५००००।- (दुई लाख पचास हजार रुपैयाँ) राशि रकम जम्मा गरेको पत्र प्रतिष्ठानका अध्यक्षलाई हस्तान्तरण गर्नुभयो । उक्त पुरस्कार छन्द कवितामा योगदान दिने व्यक्तिलाई वर्षिक रूपमा रु.२५०००।- पुरस्कार प्रदान गर्ने गरी स्थापना गरिएको हो ।

कार्यक्रममा रञ्जु खनाल, शारदा पराजुली, रञ्जना पराजुली लम्साल, तारादेवी फुयाल, पवित्रा पौड्याल, दिवाकर न्यौपाने, राजेशमान केसी, रामकुमार पण्डित, सुशील आचार्य र परशुराम पराशरले कथा लघुकथा वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सुरुवात प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको स्वागत मन्तव्यबाट भएको थियो । स्वागत मन्तव्यपछि सुरभि साहित्य प्रतिष्ठानका संस्थापक उपाध्यक्ष प्रकाशमणि दाहालको २०८१ मङ्सिर १४ असामयिक स्वर्गारोहण भएकोमा वहाँको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो भने शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त पनि गरिएको थियो ।

दिउँसो १ बजे सुरु भएको यो कार्यक्रम प्रतिष्ठानका सहसचिव मेनका पोखरेल आचार्यले सञ्चालन गर्नुभएको थियो ।

०००
– परशुराम परासरद्वारा संप्रेशित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x