साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजलकार प्रेमप्रसाद भट्टराईको एकल गजल वाचन

कतारमा रहेर नेपाली भाषा, सा हित्य र कलाको क्षेत्रमा सक्रिय गजलकार भट्टराईलाई गोधूलि साहित्यिक प्रतिष्ठानका तर्फबाट अध्यक्ष प्रकाश समीरले ‘गोधूली साहित्य सम्मान २०८१’ द्वारा सम्मान गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ पुस ७ । कवि, गीतकार तथा गजलकार प्रेमप्रसाद भट्टराईको गजल वाचन सम्पन्न भएको छ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा भट्टराईको एक वाचन कार्यक्रम सम्पन्न भएको हो ।

गोधूलि साहित्य प्रतिष्ठानको आयोजना रहेको कार्यक्रममा भट्टराईले आफ्ना गजल वाचन गरेर स्रोतालाई मन्त्रमुग्ध बनाउनुभएको थियो । सोही कार्यक्रममा दी भ्वाइस अफ नेपालका प्रथम विजेता सी.डी. विजय अधिकारीले भट्टराईका गजललाई गायनमा प्रस्तुत गर्नुभएको थियो ।

कतारमा रहेर विभिन्न साहित्यिक सङ्घसंस्थाको नेतृत्व गर्दै नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा सक्रिय गजलकार भट्टराईलाई गोधूलि साहित्यिक प्रतिष्ठानका तर्फबाट अध्यक्ष प्रकाश समीरले ‘गोधूली साहित्य सम्मान २०८१’ द्वारा सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा गायिका सत्यकला राई, साहित्यकार कृष्ण अविरल, अनेसास उपाध्यक्ष सरिता अर्याल, अनेसास कतारका अध्यक्ष लेख कार्की, नवोदित साहित्यिक वाचनालय कतारका पूर्व अध्यक्ष इन्द्रमणि नेपाल, अनेसास पोर्चुगलका महासचीव एन.बि. अन्जान, सन्ध्या ग्रुप अलखोर कतारका पूर्व सचीव राजन लामा, पत्रकार दीपक पुडासैनी, साहित्यकार शेखर बस्नेत, प्रहिल कार्की, विष्णु भट्टराई, दुर्गादेवी भट्टराई, मीना निरौला, दुर्गा गौतम, कमला गौतम, कृसुक गौतम, कुसाग्र गौतम, प्रीसा लामा, अभिषेक घिमिरे, एलिसा घिमिरे, रोविका गौतम, समिरा गौतम, अदिल फुयाल, इन्दिरा कटुवाल, कमल भट्टराई, लक्ष्मी भट्टराई, सोमप्रसाद आचर्य, सन्चिता आचर्य, एलिना भट्टराई, कृष्ण तिमल्सिना, होमा तिमल्सिना, जीवन चौलागाईं, एलिना चौहान, श्रीषा कटुवाल, सिजन कटुवाल, कला भट्टराईलगायत साहित्यनुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण गजलकार बाबू त्रिपाठीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन कवि प्रज्वल अधिकरीले गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x