साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाबिनाको घर

सातो छैन गयो उनीसँग परै निर्धो बन्यो आलय छैनन् चाल निदाउरा सब भए भाँडाहरू निर्बल थामेकी उनले सबै वजन यो धान्ने गरेकी तर सन्नाटा छ मुहारमा सकलको आमाबिनाको घर ।

Nepal Telecom ad

कविराज घिमिरे :

आमाको जब हुन्छ जीवन धुलो निस्सार बन्छन् सबै
मान्छे कीट पतङ्ग यी भुवनका निथ्रेर बस्छन् सबै
मात्रै जीव भनेर हुन्न सकलै निर्जीव जे छन् सबै
बन्छन् घायल भित्रभित्र मुटुमा छन् सृष्टिमा जो सबै ।।१

ढोका बन्द छ आज छैन हँसिलो त्यो आँगनी दिक्क छ
गग्रेटो छ उदाङ्ग बेरस हुँदो धारा उता ङिच्च छ
हुन्छन् आतुर वस्तुभाउ जति छन् ती गोठमा बन्धित
आमाको अनुहार छैन तिनमा हुन्थे कहाँ हर्षित ?२

तातो छैन बेकारका किरण छन् ती सूर्यका खस्किँदा
हावामा रति छैन तागत यहाँ सन्तापले चस्किँदा
हेर्दा फूल समेत अस्थिर भई छन् मौन हाँस्थे किन ?
आमा पाउननिम्ति थाल्दछ यहाँ मैदान तिर्खाउन ।।३

डाँडा फुङ्ङ भए कछाड थलिए ती फाँटका रोदन
आफैँभित्र निदाउरा हुन पुगी सिध्याउँछन् शोभन
लत्रिन्छन् वनका विशाल रुख ती गल्ली भए साँगुरा
आमाका दिलबाट टाढिन पुगी मर्दै गए आँकुरा ।।४

पक्षीका स्वर भासिए चिरिबिरी गर्थे बिहानी पख
आफैँ दिक्क भए सुगा रटनमा बिर्सेर बस्छन् कख
छैनन् कोकिल नाद रम्य सुरिला घाँटी भए शुष्कता
आमाबाट छुटेर ती हुन पुगे एक्कासि नैराश्यता ।।५

सातो छैन गयो उनीसँग परै निर्धो बन्यो आलय
छैनन् चाल निदाउरा सब भए भाँडाहरू निर्बल
थामेकी उनले सबै वजन यो धान्ने गरेकी तर
सन्नाटा छ मुहारमा सकलको आमाबिनाको घर ।।६

०००
भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bishnu thapa magar
Bishnu thapa magar
1 year ago

काब्यमा मात्र होकि ? ।बा,आमाले हामिलाइ एकहोरो माया गर्नु भएको जस्तो लाग्छ ,हामिले जस्तै ।के हामीले जति छोराछोरीले हामिलाइ माया गर्छन् ?म दोधारमा छु ।माथिकालाइ भन्दा तलकालाइ माया गर्ने मनोबिग्यान हो ?

Nepal Telecom ad
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
मातृ वन्दना

मातृ वन्दना

पदम दाहाल
1
0
Would love your thoughts, please comment.x
()
x