साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाओ भाइ हो, खाओ !

गाली, सराप खाओ त्यसैमा रमाओ हाँडीघोप्टे आन्द्रे थैली सकेको फुलाओ सुतिसुती खाओ लुकी लुकी खाओ खानै जन्म्यौ क्या हो ! खाओ भाइ हो, खाओ !!

Nepal Telecom ad

युगल बसेल :

खाओ भाइ हो, खाओ
सकेसम्म खाओ
ललिता निवास खाओ
घरवास आवास खाओ

गिरिबन्धु खाओ
चिया कफी खाओ
सहकारी खाओ
भकारी नै खाओ

ओमनी पनि खाओ
होमनी पनि खाओ
डोमनी पनि खाओ
खाओ भाइ हो, खाओ

शरणार्थी खाओ
भिक्षार्थी नि खाओ
विद्यार्थी झन् खाओ
अरथी देशकै खाओ

अठतीस क्विन्टल खाओ
बत्तीस किलो खाओ
चौबीस क्यारेट खाओ
सुनका लाप्सै खाओ

नदीनाला खाओ
धर्मशाला खाओ
बालु घिची खाओ
ढुङ्गा बेची खाओ

चेला पठाई खाओ
चेली भजाई खाओ
गिदी चुसी खाओ
चोक्टै लुछी खाओ

वाइड बडी खाओ
लाउडा चढी खाओ
खाओ भाइ हो, खाओ
लाद्रो भरी खाओ

यति च्याती खाओ
त्यति विधि खाओ
हसुरेर खाओ
पाँच पुस्तालाई खाओ

कोची कोची खाओ
रोजीरोजी खाओ
गति छाडी खाओ
मति त्यागी खाओ

काटी काटी खाओ
चाटी चाटी खाओ
पोलीभुटी खाओ
खाओ भाइ हो, खाओ

कात्रो किन्दा खाओ
सास गिन्दा खाओ
लास छुँदा खाओ
मर्दा पर्दा खाओ

निचोरेर खाओ
गिजोलेर खाओ
कालआन्द्रे, चिथोरेर
भकुरेर खाओ !!!

गाली, सराप खाओ
त्यसैमा रमाओ
हाँडीघोप्टे आन्द्रे थैली
सकेको फुलाओ

सुतिसुती खाओ
लुकी लुकी खाओ
खानै जन्म्यौ क्या हो !
खाओ भाइ हो, खाओ !!

०००
(सिर्जनास्थल डोटीको खड्यौली, २०८१ पुष ५ गते)
तुम्कोट सन्धिखर्क -१, अर्घाखाँची।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Buddhi Ram Adhikari
Buddhi Ram Adhikari
11 months ago

समसामयिक विकृतिको चिरफार भएकाे उत्कृष्ट कविता लाग्यो ।

युगल बसेल
युगल बसेल
11 months ago

👍️

Nepal Telecom ad
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
र ऊ बन्ला कस्तो ?

र ऊ बन्ला कस्तो...

कलानिधि दाहाल
खुसी मान्छे

खुसी मान्छे

डा. छायादत्त न्यौपाने ‘बगर’
छ कहाँ भविष्य ?

छ कहाँ भविष्य ?

चन्द्रप्रसाद न्याैपाने
बेताल छ

बेताल छ

प्रकाश अर्याल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
2
0
Would love your thoughts, please comment.x
()
x