फित्काैली डटकमझापाकाे धुलाबारीमा लीलबहादुर क्षेत्रीप्रति श्रद्धाञ्जली सभा
कार्यक्रम पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीको अध्यक्षतामा, गणेशबहादुर प्रसाईं स्मृति प्रतिष्ठानका अध्यक्ष खगेन्द्र प्रसाईंको प्रमुख आतिथ्य तथा प्रा.डा. गोविन्दराज भट्टराईको विशिष्ट आतिथ्यमा भएको थियो ।

झापा, २०८१ चैत ११ । त्रिफला राष्ट्रिय पुस्तकालय, धुलाबारीले कीर्तिशेष साहित्यकार लीलबहादुर क्षेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमकाे आयोजना गरेकाे छ ।
कार्यक्रम पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीको अध्यक्षतामा, गणेशबहादुर प्रसाईं स्मृति प्रतिष्ठानका अध्यक्ष खगेन्द्र प्रसाईंको प्रमुख आतिथ्य तथा प्रा.डा. गोविन्दराज भट्टराईको विशिष्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रममा उषा गुरुङले शोक कविता तथा गोसा झापालीले “बसाईं” उपन्यास बारे लेख सुनाउनुभयो ।
पुण्यप्रसाद खरेल तथा प्राडा गोविन्दराज भट्टराईले लीलबहादुर क्षेत्रीबारे बोल्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
त्यसपछि प्रमुख अतिथि खगेन्द्र प्रसाईं तथा अध्यक्ष फलाहारीले आफ्ना भनाइ राखेर कार्यक्रम समापन गर्नुभयो ।
कार्यक्रम महासचिव गङ्गाप्रसाद भट्टराईले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल, जय आचार्य, गङ्गा ओडारी, जितेन्द्र नेउपाने, रामप्रसाद दाहाल, हिरण्य भट्टराई लगायतको उपस्थिति थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest