साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन

व्यथा चिनेर वृद्धका गरेर झट्ट ओखती निको बनाउने गरून् दिएर साथ सन्तति मिठासयुक्त भावना प्रयोग हून् सधैँभरि महत्त्व बुझ्न वृद्धको प्रयास होस् यसैगरी ।।

Nepal Telecom ad

कविराज घिमिरे :

विचारमा छ भिन्नता बुढेसकालमा किन ?
खटौँ समस्त भन्दछन् बुढाबुढीहरू किन ?
न गर्न खर्च सक्तछन् दिँदैन लोभले किन ?
र अर्थ इन्तिजामले लखेट्छ जिन्दगी किन ?१

नसोध प्रश्न यत्तिका बुझी सकिन्न भेद यो
जवाफदेह छन् बढी भनेर सिद्धिने न यो
अरू निमित्त बाँच्तछन् कठोर साधना गरी
मरेर बौरिने यिनै प्रबुद्ध हून् अजम्बरी ।।२

हुँदैन सान्त्वना कसै पुँजीविना कतै पनि
पुँजी रहन्न त्यत्तिकै खुला हिसाबले अनि
मुठी कसक्क कस्तछन् बुढाबुढी सगौरव
विपत् निमित्त सार हुन् बुढेसकाल सौरभ ।।३

खिएर हात पाउका कुना र छेउ छन् कता ?
लुतुक्क चर्म झुन्डिए शरीरमा जतातता
भयो परेर चाउरी मुहार हेर्न मुस्किल
तथापि वृद्ध छन् तपी बनेर वृक्षका फल ।।४

झरेर दाँत रित्तिए गिजा सदैव जुद्ध छन्
न नेत्रमा छ पल्लवी अनेक दृश्य बुझ्दछन्
छ शान्त नाक देखिँदा हठात् सुगन्ध टिप्तछ
दिमागमा छ होसको जरो समस्त बुझ्दछ ।। ५

व्यथा चिनेर वृद्धका गरेर झट्ट ओखती
निको बनाउने गरून् दिएर साथ सन्तति
मिठासयुक्त भावना प्रयोग हून् सधैँभरि
महत्त्व बुझ्न वृद्धको प्रयास होस् यसैगरी ।।६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x