साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाङ्गा अक्षरले कोट्यायो मनोज गजुरेलका जीवनका रङ्गहरू

हास्यव्यङ्ग्य क्षेत्रमा उनले प्राप्त गरेको सफलताको रहस्य सोध्दा उनले भने, "मैले प्रस्तुत गर्न चाहेको विषयवस्तुको समाजमा पार्ने प्रभावको राम्रोसँग अध्ययन गरेर मात्र प्रस्तुति दिने गरेको छु।"

Nepal Telecom ad

क्यानडा, २०२५ मार्च २३ । नेपालसहित संसारभर फैलिएका हास्यव्यङ्ग्य लेखक र साहित्यकारहरूको संस्था बाङ्गा अक्षरले होली विशेष कार्यक्रम आयोजना गर्‍यो।

जूम मार्फत आयोजित यस कार्यक्रममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका प्रसिद्ध कमेडियन मनोज गजुरेलका जीवनका विविध रंगहरूलाई प्रस्तुत गरिएको थियो। कार्यक्रममा बाङ्गा अक्षरका सदस्यहरूले होली विशेष हास्यव्यङ्ग्य कविता, मुक्तक र लघुकथा वाचन गरेका थिए। डि सी नेपालबाट लाइभ प्रसारण गरिएको उक्त कार्यक्रमको सञ्चालन नुन चिनी पानी अमेरिकाका अर्जुन दाहालले गरेका थिए।

गजुरेलले आफ्ना सिर्जनात्मक हास्यव्यङ्ग्य प्रहसन र स्ट्यान्डअप कमेडी कार्यक्रममार्फत राजनीति, संस्कृति र समाजमा व्याप्त विकृति र विसंगतिहरूलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनका हास्यव्यङ्ग्य प्रस्तुतिहरूका कारण उनी खासै विवादित र आलोचित भएका छैनन्।

हास्यव्यङ्ग्य क्षेत्रमा उनले प्राप्त गरेको सफलताको रहस्य सोध्दा उनले भने, “मैले प्रस्तुत गर्न चाहेको विषयवस्तुको समाजमा पार्ने प्रभावको राम्रोसँग अध्ययन गरेर मात्र प्रस्तुति दिने गरेको छु।”

आफ्नो बाल्यकालदेखि नै चकचके, छुकछुके र चञ्चले स्वभाव भित्र अङ्कुराएको कलाकारिताको स्मरण गर्दै गजुरेलले भने, “कसैले चाहेर मात्र सफल कलाकार बन्न सक्दैन, पचास प्रतिशत कलाकारिता जन्मसिद्ध हुन्छ भने बाँकी पचास प्रतिशत देखेर, सिकेर र लामो साधनाबाट प्राप्त गर्न सकिन्छ।” उनले आफ्नो जीवन र कलाकारिताको यात्रा सम्झँदै बताए कि उनको कलाकारितामा पनि यी दुवै पक्षको समन्वय रहेको छ।

कार्यक्रमको सुरुवात बाङ्गा अक्षरका संयोजक नारायण भट्टराईले सरस्वती बन्दना वाचन गरेर गरेका थिए। बाङ्गा अक्षरको हास्यव्यङ्ग्य अभियानमा सहभागी भएकोमा भट्टराईले मनोज गजुरेललाई हार्दिक आभार व्यक्त गरेका थिए।

कार्यक्रमलाई तीन भागमा विभाजन गरिएको थियो। पहिलो भागमा गजुरेलको बाल्यकाल र कमेडी कलाकारको रूपमा उनको उदयको प्रसंग उठाइएको थियो। दोस्रो भागमा उनका संघर्ष र सफलताको कथा समेटिएको थियो भने तेस्रो भागमा उनको बौद्धिक र आध्यात्मिक व्यक्तित्वको चर्चा गरिएको थियो।

कार्यक्रममा अर्जुन दाहालले गजुरेलको जीवनका विविध चरणहरु समेटिएका गीतिलयका किस्साहरु पनि प्रस्तुत गरेका थिए।

कार्यक्रममा गायत्री लम्साल, भोज अर्याल, कुसुमाकर शर्मा र नारायण भट्टराईले होली विशेष हास्यव्यङ्ग्य रचनाहरू प्रस्तुत गरेका थिए भने डा. टिका लम्साल र प्रमोद अमात्यले गजुरेलसँग जोडिएका आफ्ना रमाइला प्रसङ्गहरू प्रस्तुत गर्दै कार्यक्रमको रौनक थपेका थिए।

०००
– अमेिरकाबाट नारायण भट्टराईकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x