साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दलित

जेसीबीले त्यहाँको माटो पनि निकाल्यो। यो देखेर मिडियाहरू समाचार बनाउन थाले। दलित माथिको अन्याय दनादन मिडियामा हेड्लाइन् बन्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“केही फरक पर्दैन हामीले जवाफ दिन्छौँ।”- लल्ला आफ्नो मुडुलो सिरमा हात फेर्दै भन्यो।

“छिट्टै जेसीबी पठाउ कुमार दम्पती नभएकै वेला काम सक्नु पर्छ।”- विरप्पनले आँखा सन्काउँदै भन्यो। लल्लाले जेसीबीलाई फोन गर्यो।

“ए लल्ला सुन त ! कतै त्यो कुनै राजनीतिमा त लागेको छैन ? “- विरप्पनले थप बुझ्न खोज्यो।

“त्यो बिचरो गरीबलाई केको राजनीति निमेक गरेर जहान पाल्छ।”- लल्लाले भन्यो।

“छोराहरूले के गर्छन् ?”- विरप्पनले जान्न खोज्यो। “कुनै केही गर्दैनन् सङ्का नगरे हुन्छ। निडर भएर आफ्नो काम गर त्यो पनि भर्खर बिहे भएको छ। दिहाडी मजदुरी गरेर खान्छन्। त्यहाँ त्यसको पक्षमा बोल्ने कुनै पनि छैन। अरू चार पाँच घर ऐलानीमा भए पनि ऊ पेसाले दलित हो त्यसकारण कसैले साथ दिंदैनन्।”- लल्लाले प्रष्ट पार्यो।

कुरा गर्दागर्दै जेसीबी पनि आइ पुग्यो।
“जानकारी त मैले पनि गराएको छु तर फेरि पनि एक पटक समान खालि गर भनेर भन्नु । खाली गरेन भने भत्काइदिनु घर।” -लल्लाले निर्देश दियो।

“घर भत्काएर खालि गरायौँ सर ! एकछिन पछि ड्राईबर दोड्दै आयो। अब के गरौँ ? “-ड्राइबरले सोध्यो।

“हाम्रो काम भयो लल्ला अरू केही गर्नु छ ? जेसीबी वापस पठाउँ।”- विरप्पनले सोध्यो।

“दलित बसेको घर माथि माथिको माटो सफा गर्नुपर्छ।”- लल्लाले बतायो। “ओहो केही हुँदैन सुनपानी छरे पनि हुन्छ।”- बिरप्पनले भन्यो।

“होइन त्यहाँ महाज्ञा गराउने हो। कम्तिमा दुइ फुट माटो फालेर चोखाउँनुपर्छ।”- कथा वाचक पुजारी बोल्यो।

जेसीबीले त्यहाँको माटो पनि निकाल्यो। यो देखेर मिडियाहरू समाचार बनाउन थाले। दलित माथिको अन्याय दनादन मिडियामा हेड्लाइन् बन्यो।

अब जेसीबी कब्जामा, लल्ला र विरप्पनलाई तुरून्तै प्रहरीले हिरासतमा लियो।

“दुश्मन लागे पनि देशको कानुन त जीवित नै रहिछ।”- कुमारले राहत महसुस गर्दै भन्यो।

०००
घोराही- १८, दाङ
०७-१२-२०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x