साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोराहीमा ‘छन्द सङ्गम’ काे ७४औं श्रृङ्खला सम्पन्न

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाको प्रमुख आतित्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो।

Nepal Telecom ad

दाङ, २०८२ वैशाख २६ । राप्ती साहित्य परिषद् दाङ शाखाकाे नियमित मासिक कार्यक्रम अन्तर्गत वैशाख महिनामा ७४औं श्रृङ्खलामा ‘छन्दसङ्गम’ कार्यक्रम सम्पन्न भएकाे छ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाको प्रमुख आतित्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो।

राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित मासिक रूपमा महिनाको अन्तिम शुक्रबार कुनै महिना छन्दसङ्गम, कुनै महिना कृतिको समीक्षा र कुनै महिना एकल कविता वाचन कार्यक्रम गर्दै आएको छ। यसका साथै राप्ती साहित्य परिषद् दाङ शाखाले नेपाली भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको उत्थानका लागि एक दुई महिनाको अन्तरालमा साहित्यिक बहस, पुस्तक परिचर्चा, पुस्तक विमोचन, काव्य उत्सव, सांगीतिक कार्यक्रम गर्दै आएको छ।

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, लेखक दाङका अध्यक्ष खगराज न्यौपाने , तुल्सीपुर साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठा नका अध्यक्ष डिल्लीराज श्रीधर, नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, साहित्यकार गणेश विषम, पुरुषोत्तम खनाल, नारायण नेपाल, हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’अर्जुन सर, धनसिंह गिरी, दामोदर पौडेल, महेशकुमार न्यौपाने, वीना रोका, नारदप्रसाद भण्डारी, एकराज शर्मा अधिकारी, शरद गौतम, सरिता देवकोटा सुरेशकुमार पाण्डे लगायत छन्दकविहरूले आआफ्नो छन्दका सिर्जना वाचन गरेका थिए। वाचित रचनाहरूको समीक्षा साहित्यकार नारायण नेपालले गरेका थिए।

प्रमुख अतिथिको रूपमा रहनुभएका वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँले छन्दसङ्गम कार्यक्रमले छन्दको विकास र उत्थानमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष डा. टीकाराम उदासी, वरिष्ठ उपाध्यक्ष तथा दाङ शाखाका सल्लाहकार दीपक शर्मा समीर, केन्द्रका सचिव शार दा शर्मा, सदस्य सुभाष न्यौपाने, प्रगतिशील लेखक सङ्घ केन्द्रका सदस्य रामप्रसाद जैसी, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का, रिमा गौतम, नवराज देवकोटा, लगायतको गरिमायुक्त उपस्थिति रहेको थियो।

कार्यक्रममा दाङका जादुगर प्रभुराम चौधरीले जादु प्रस्तुत गर्नुभएको थियो। राप्ती साहित्य परिषद् दाङ शाखा उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए।

०००
– सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x