फित्काैली डटकमअभिनव पारिजात सम्मान अर्पण, कवि गोष्ठी र पुस्तक लोकार्पण
साहित्यिक पत्रकार तथा साहित्यकार देविका तिमल्सिनालाई पारिजात अभिनव स्मृति सम्मान २०८२ बाट नगद दशहजार सहित सम्मान अर्पण गरिएको छ ।

काठमाडौं, २०८२ वैशाख २७ । अभिनव साहित्य समाजले भैरव स्मृति भवनमा आयोजित कार्यक्रममा २७९ औं मासिक शृङ्खलाअन्तर्गत वसन्त कवि गोष्ठी, साहित्यिक पत्रकार तथा साहित्यकार देविका तिमल्सिनालाई पारिजात अभिनव स्मृति सम्मान २०८२ बाट नगद दशहजार सहित सम्मान अर्पण गरिएको छ ।
यस्तै ठाकुरप्रसाद खतिवडाद्वारा रचित ‘भावनाका तरङ्ग’ नामक छन्द कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । प्रमुख अतिथि प्राध्यापक जगतप्रसाद उपाध्याय, विशेष अतिथिमा प्रा.डा. रामप्रसाद ज्ञवाली, नर्मदेश्वरी सत्याल, शीतल गिरी, डिल्लराज अर्याल, मधुसूदन घिमिरे, मञ्जुश्री प्रधान के.सी., खोलाघरे साहिँलो, पुरुषोत्तम सिग्देल, सरस्वती गिरी, गङ्गाप्रसाद भेटवाल, विजयध्वज थापा, नन्दकुमार सुब्बा, निर्मलरमण पराजुली आदि रहनुभएको थियो ।
सभाका सभापतित्व विमल अर्याले गर्नुभयो । लोकार्पित पुस्तकको विषयमा परशुराम पराजुली र सम्मानित व्यक्तित्वको विषयमा अध्यक्ष गोविन्द घिमिरे वेदमणिले संक्षिप्त प्रकाश पार्नुभएको थियो । स्वागत मन्तव्य घनश्याम प्रसाई, उद्घोषण शारदा खनाल, व्यवस्थापन नवराज पुडासैनी, सुमन पुडासैनी र बी.पी. इलामेले गर्नु भएको थियो ।
सृजना वाचन गर्नेहरुमा बुद्धि सागर पौडेल, एन्वी् जनकपुरी, वसन्त रिजाल, उद्धव रायमाझी, महेश्वर खनाल, कृष्णप्रसाद पौडेल, गङ्गाप्रसाद भेटवाल, च्यवन बस्नेत, वासुदेव पौडेल, सुरेशचन्द्र घिमिरे, सुशील आचार्य, लीला दाहाल, राजेशमान के.सी.,सरिता घिमिरे, राजभाई धोभडेल, राजन नेउपाने, डीएन् खडेरी, दिवाकर नेउपाने, शर्मिला तिमल्सिना, रत्ननिधि, निमबहादर ओली, दिनेश घिमिरे, भावना नेउपाने, कीर्ते पौडेल लगायत ८० जनाभन्दा बढी रहनुभएको छ ।
०००
– वेदमणि घिमिरेको सौजन्यमा
Subscribe
Login
0 Comments
Oldest









































