साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातापिता प्रतिष्ठानद्वारा जेष्ठ नागिरकहरूलाई सम्मान

कार्यक्रममा पण्डित माधवशरण रेग्मीले रामायणमा मर्यादा र भकति, पण्डित ध्रुवराज उपाध्ययले श्रीमद्भगवत्गीतामा भक्तियोग र प्रमुख प्रवाचक चैतन्य कृष्णजीले मातापिताको महिमाका विषयमा प्रवचन गर्नुभएको थियो ।

Nepal Telecom ad

स्याङ्जा, २०८२ वैशाख २७ । मातापिता प्रतिष्ठानको प्रथम वार्षिकोत्सवको अवसरमा वालिङ नगरपालिकाको विशेष सहयोगमा मातापिता प्रतिष्ठान र दुर्गाखिमा फाउण्डेशनको संयुक्त आयोजनामा ज्येष्ठ नागरिक सम्मान एवम् विशेष प्रवचन कार्यक्रम वालिङ -८, सिटीहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा पण्डित माधवशरण रेग्मीले रामायणमा मर्यादा र भकति, पण्डित ध्रुवराज उपाध्ययले श्रीमद्भगवत्गीतामा भक्तियोग र प्रमुख प्रवाचक चैतन्य कृष्णजीले मातापिताको महिमाका विषयमा प्रवचन गर्नुभएको थियो ।

कार्यक्रममा वालिङ नगरपालिकाका १४ वटै वडाका सवैभन्दा ज्येष्ठ पुरुष र महिला एकएक जना तथा उहाँहरूको सेवा शुश्रूषा गर्ने घर परिवारका सदस्यहरूमध्य एक/ एक जना समेत गरि ५६ जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सबै वडाहरूको प्रतिनिधित्व गरि वडानम्बर ७ का वडा अध्यक्ष पाण्डुकुमार थापा क्षेत्रीले कार्यक्रम सफलताको कामना गर्दै बरू विकास निर्माण कम होस् तर सरकारले दिँदैआएको सामाजिक सुरक्षा भत्ता दिन नछोडोस् भनेकुरा व्यक्त गर्नुभयो । कार्यक्रममा वालिङ गद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्बहादुर श्रेष्ठले पनि शुभकामना मन्तव्य राख्नुभयो ।

यसैगरी कार्यक्रममा कविद्वय ढालबहादुर केसी र भीमप्रसाद पाण्डेले कविता वाचन गर्नुभयो भने कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारहरू प्रह्लाद अर्याल र यमकान्त खनाल, समाजसेवी केदारशरण विकल, ज्येष्ठ नागरिकहरू सीताराम अघिकारी, ठाकुरप्रसाद सुवेदी, चन्द्रकला ढुङ्गाना, वालिङ नगर परिषदका सदस्यहरूलगायत १५० भन्दा धेरै जनाको सहभागिता रहेको थियो ।

विहान ११.४५ मा सुरु भएको कार्यक्रम ठीक चार बजे समापन भएको थियो । कार्यक्रमको सभाध्यक्ष मातापिता प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो भने सञ्चालन सदस्य खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो साथै प्रतिष्ठानकी कोषाध्यक्ष अनुपमा ढुङ्गाना तिवारीले गर्नुभयो ।

०००
– श्याम ढुङ्गानाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x