साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशा बदल्दा भयो

स्रोता होस् बहिरो र धावक लुलो, लाटो बनोस् गायक चाहे पाप करोड होस्, धन हुने मान्छे बनोस् नायक भेडा मानवको जमात जहिल्यै, होस् भक्तइच्छा छ यो चम्केको अनुहारले जुनसुकै पेशा बदल्दा भयो ।

Nepal Telecom ad

शम्भु गजुरेल :

भालेमा पनि बन्नुपर्दछ छिटो उत्कृष्ट गर्भाशय
पोथीमा पनि शुक्रकीट रहने निर्माण होस् आलय
आमा ! बाउ बनोस् र डिम्ब पतिमा रोपोस् पुकारा छ यो
कोही शक्ति लिएर बस्दछ भने पेशा बदल्दा भयो ॥१॥

राँगोको थुनमा प्रशस्त दुध होस्, भैंसी डुलोस् ब्याडमा
बाखो तीर्थ घुमोस् र स्याल कुरुवा बस्ने गरोस् टाँडमा
खेती बाँदरले गरोस्, मनुजले भाँचोस् सदिच्छा छ यो
आशीर्वाद मिले सुरुक्क गतिलो पेशा बदल्दा भयो ।

नक्सा डाक्टरले तयार गरिने आयोजना ल्याइयोस्
अन्धाको घरमा चुना कलरले पोतेर चम्काइयोस्
पेशा होस् मुटु-सर्जरी वकिलको भन्ने सदिच्छा छ यो
जान्नेले सब काम गर्दछ यहाँ पेसा बदल्दा भयो ।

स्रोता होस् बहिरो र धावक लुलो, लाटो बनोस् गायक
चाहे पाप करोड होस्, धन हुने मान्छे बनोस् नायक
भेडा मानवको जमात जहिल्यै, होस् भक्तइच्छा छ यो
चम्केको अनुहारले जुनसुकै पेशा बदल्दा भयो ।

सारा कौशलले निपूर्ण नभए होइन्न है नर्तक
कोही देवपिता भएन त भने मानिन्न त्यो सर्जक
तस्मात् स्वर्ण, सुवर्णको कलम होस् भन्ने सदिच्छा छ यो
कोटाको अधिकार साक्ष छ भने पेशा बदल्दा भयो ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x