भोलानाथ सुबेदीउसले भन्यो
ओ ! मास्टरहरू तिमीहरू रक्तनली हौ जम्न मिल्दैन तिमीहरु सास हौ रोकिन मिल्दैन नैतिक धरापमा पारेर ऊ सधैँ माथि हुन्छ आफैंलाई बिर्सेको सरकारले तिमीहरूको कुरा के सुन्छ ?

भाेलानाथ सुवदी :
उसले भन्यो
ओ ! मास्टरहरू
तिमीहरु यहाँ किन ?
न ढुंगा हान्छौ
न राँको बाल्छौ
कालो झन्डा बोक्दैनौ
ढ्याङ्ग्रो ठोक्छौ
र सरकारको सातो बोलाउँछौ
शङ्ख बजाउँछौ र
सरकारलाई ब्युझाउँछौ
तिमीहरु कस्तो आन्दोलन गर्छौ
जुत्ताको तलुवा खियाएर
गोजीको पैसा रित्याएर
बालबच्चालाई काखी च्याप्दै
के को रमिता गर्छौ
उसले भन्यो
ओ ! मास्टरहरू
सिंहदरबारमा म्यारिजको
दाउ लागेको छ
सरकारलाई अलिकति
घाउ लागेको छ
सरकारले कान बेचिसक्यो
त्यसैले ऊ सुन्दैन
सरकारले जिब्रो बेचिसक्यो
त्यसैले ऊ बोल्दैन
सरकार मस्तिष्क भाडामा छ
त्यसैले ऊ सोच्दैन
सरकारको
पेट दुखेकोले झाडामा छ
ऊ अस्पताल जान सक्दैन ।
उसले भन्यो
ओ ! मास्टरहरू
तिमीहरू यहाँ किन
सरकारले तिमीहरूलाई
पार्टीका कार्यकर्ता सम्झन्छ
कार्यकर्तासँग पार्टी डराउँदैन
त्यसैले तिमीहरूका कुरा सुन्दैन
सरकारको टुकीमा तेल छैन
जे गरे पनि ऊ फेल छैन
उसले भन्यो
ओ ! मास्टरहरू
तिमीहरू रक्तनली हौ
जम्न मिल्दैन
तिमीहरु सास हौ
रोकिन मिल्दैन
नैतिक धरापमा पारेर
ऊ सधैँ माथि हुन्छ
आफैंलाई बिर्सेको सरकारले
तिमीहरूको कुरा के सुन्छ ?
०००
(९८४३०५४१६१)
Subscribe
Login
0 Comments
Oldest






































