साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार डिल्लीराम ओझाको `लामो यात्रा´ लोकार्पित

शैक्षिक अग्रज मित्रप्रसाद भन्डारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पूर्व सांसद तथा वरिष्ठ साहित्यकारद्वय हर्कमान तामाङ र खेम नेपाली, लेटाङ नगर प्रमुख भूपेन्द्रकुमार लावतीलगायत विशिष्ट अतिथि हुनुहुन्थ्याे ।

Nepal Telecom ad

माेरङ, २०८२ असार । २१२ औँ आदिकवि भानु जयन्तीको अवसरमा लेटाङ साहित्य कला सङ्‌गम, लेटाङ नपा, मोरङले लेटाङका साहित्यकार डिल्लीराम ओझाको जीवन गाथा (आत्मवृत्तान्त) `लामो यात्रा : सङ्‌घर्ष, अविराम यात्रा र सपनाहरू´ कृतिको लोकार्पण तथा गुरु सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

लामो समय शिक्षा विकास मा. वि., लेटाङमा शिक्षण गरी अवकासप्राप्त डिल्लीराम ओझाको यो कृति आठौँ हो । वि.सं. २०३५/३६ सालदेखि जनवादी गीत-लेखन प्रारम्भ गरेका ओझाको पहिलो कृति २०४१ सालमा `सिर्जनाका सौगातहरू´लघु-उपन्यास, २०४४ मा `एक आँसु दुई परेलीहरू´, २०५४ मा `मायाको आँसु´, २०६४ मा `सिर्जना´, २०६६ मा `अरुण-वरुण´ र २०६८ मा `घाइते´ पाँच उपन्यासहरू प्रकाशित छन् । उनको सातौँ कृति आख्यान `खोजी र सफलताहरू´ २०७० मा प्रकाशित छ ।

२०१६/०७/२१ मा जन्मिएका कृतिकार ओझाले ३५/३६ सालदेखि नै हार्मोनियम, गितार, मादल, बाँसुरी वाद्यवादन बजाउँदै जनवादी गीत गायन गर्ने गर्दथे । ओझा २०४१ देखि शिक्षक र २०४४ सालदेखि सेवा-निवृत्तिसम्म मा.वि.का प्रधानाध्यापक थिए ।

शैक्षिक अग्रज मित्रप्रसाद भन्डारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पूर्व सांसद तथा वरिष्ठ साहित्यकारद्वय हर्कमान तामाङ र खेम नेपाली, लेटाङ नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्ष राम श्रेष्ठ, साहित्यकार विष्णु न्यौपाने विशिष्ट अतिथि थिए । प्रमुख अतिथि भन्डारीले लेटाङ बस्नयोग्य ठाउँ भएको हुनाले आफू लेटाङ आएर बसेको र लेटाङमा डिल्लीराम ओझाजस्ता प्रतिभा जन्मिएको बताए ।

अग्रज शिक्षकहरू मित्रप्रसाद भण्डारी, दुर्गा भण्डारी, हर्कमान तामाङ, ईरानराई, चन्द्रप्रसाद गौतम एवं लेखकका कर्म-मातापिता सूर्यबहादुर निरौला र खिनामाया निरौलालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा असल शिक्षक र लेखकका रूपमा कृतिकार ओझा र उहाँकी जीवनसँगिनी रत्नमाया ओझालाई `ओझा कुलबन्धु उत्थान प्रतिष्ठान´ झापाले सम्मान गरेको थियो ।

कार्यक्रममा श्रेष्ठ परिक्रमा, रमेश निरौला, दीप मङ्‌ग्राती, भूमिका खनाल, उमानाथ बरालले रचना वाचन गरेका थिए ।

सङ्‌गमका अध्यक्ष गणेश दवाडीको अध्यक्षता तथा उपाध्यक्ष शान्ति पाख्रिन लामा, सचिव पर्शुराम निरौला, सहसचिव टङ्‌क बरालको कार्यक्रम सञ्लान एवं सदस्य अनुपमा घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रम लेटाङ नगरपालिकाको सभाकक्षमा सम्पन्न  गरिएको थियो ।

०००
ईरानराईकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x