साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली समाजले मनायो भानु जयन्ती

मकवानपुरका कवि एवम् नियात्राकार रमेश मोहन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिहरूमा बुढ्यौली साहित्य समाज मधेस प्रदेश अध्यक्ष लम्बोदर काफ्ले हुनुहुन्थ्याे ।

Nepal Telecom ad

महाेत्तरी, २०८२ असार २९ । बुढ्यौली साहित्य समाज महोत्तरीको आयोजनामा जनता माध्यमिक विद्यालय बर्दिबासको सभाकक्षमा २१२ औँ भानु जयन्ती मनाइएको छ । यस अवसरमा भानुको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

मकवानपुरका कवि एवम् नियात्राकार रमेश मोहन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिहरूमा बुढ्यौली साहित्य समाज मधेस प्रदेश अध्यक्ष लम्बोदर काफ्ले, जनता मा. वि. का प्र.अ. तोप बहादुर ठकुरी, गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, प्रलेस मधेसका अध्यक्ष नारायण घिमिरे, प्रलेस के.स. बिमला बिक, विश्व नेपाली साहित्य महासंघ महोत्तरीका अध्यक्ष उद्धव अविचल, जनवादी लेखक संघ सीतामढीका कोषाध्यक्ष मो. कमरुद्दिन नदाफ, लालबन्दी नगर वाङ्मय परिषद्की उपाध्यक्ष राजेश्वरी काफ्ले र प्रलेस धनुषाका अध्यक्ष गणेश घिमिरे थिए।

त्यसैगरी विशेष अतिथिहरूमा मिथिला साहित्य प्रतिष्ठानका अध्यक्ष बिपिराज दहाल, सचिव निरप्रसाद शर्मा, कमला साहित्य समाजका अध्यक्ष गणेश तिमल्सिना र कोषाध्यक्ष रमेश बस्नेत, बर्दिबास साहित्यिक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र विपुल लगायत थिए ।

कार्यक्रममा उपस्थित श्रष्टाहरूले आदिकवि भानुभक्त आचार्य प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै कविता, गीत र गजल वाचन गरे। रचना वाचन गर्नेहरूमा रविन्द्र दहाल, प्रकृति पाण्डे , नारायण खड्का, अम्बिका दहाल, विणा हमाल , दिनेश पौडेल, बोधराज दहाल, नेत्र रम्तेल, नारायण घिमिरे, रामचन्द्र पौडेल, बिपीराज दहाल, गणेश घिमिरे , निरप्रसाद शर्मा , प्रेम घिमिरे, मो. कमरुद्दिन नदाफ, लालबाबु शर्मा, रमेश मोहन अधिकारी, लम्बोदर काफ्ले, राजेश्वरी काफ्ले, गणेश तिमिल्सिना लगायतका कवि एवम् साहित्यकारहरू थिए ।

कार्यक्रममा विशिष्ट अतिथि गोपाल बराल, लम्बोदर काफ्ले , तोप बहादुर ठकुरी समेतले भानुभक्तको ब्यक्तित्त्व र कृतित्वको वारेमा प्रकाश पार्नु भएको थियोे । विशिष्ट अतिथि एवम् जनता मा.वि.का प्र.अ. ठकुरीले आदिकविको जन्मजयन्ती यति धेरै साहित्यिक ब्यक्तित्त्वहरूको उपस्थितिमा आफ्नोे विद्यालयमा मनाउन पाउँदा खुशी ब्यक्त गर्दै कार्यक्रम सुनीरहूँ जस्तो भएको साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गर्न विद्यालय तत्पर रहने विचार ब्यक्त गर्नुभयो । प्रमुख अतिथि अधिकारीले साहित्यकार चट्याङ मास्टरको परिकल्पनाबाट सुरु गरिएको बुढ्यौली साहित्य अभियान देशब्यापी बन्दै गएको र बुढ्यौली साहित्यकर्मीहरू जेष्ठ नागरिकहरुको जनजीवनलाई सहज बनाउन अभिप्रेरित गर्ने खालका साहित्य सिर्जना गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

श्रष्टा मोहन गिरीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन बुढ्यौली साहित्य समाज महोत्तरीका सचिव नारद काफ्लेले र अध्यक्षता लालबाबु पोखरेलले गर्नुभएको सोही कार्यक्रममा सीतामढी, भारतको बथनाह प्रखण्डका प्राथमिक विद्यालयका प्रधानाध्यापक सहकवि मो. कमरूद्दिन नदाफलाई जनता मा.वि. का प्रधानाध्यापकले ढाकाटोपी र खादा लगाएर सम्मान गर्नुभएको थियो ।

०००
माधव पाेखरेल गाेज्याङ्ग्रे र रमेशमाेहन अधिकारीकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
रमेशमोहन अधिकारी
रमेशमोहन अधिकारी
9 months ago

हार्दिक धन्यवाद फित्कौली.कम !

Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x