साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इलाममा आदिकवि भानुभक्त तथा स्वामी सोमेश्वरानन्द जन्मजयन्ती

संस्थाका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता, समाजसेवी एवम् सिर्जनशील नारी हस्ताक्षर निर्मला कट्टेल अग्रवालको प्रमुख आतिथ्यमा संस्थाका संरक्षक केदारनाथ अर्याल, संस्थाका सल्लाहकार समिति संयोजक डिल्लीप्रसाद सुवेदीलगायत विशिष्ट अतिथि थिए ।

Nepal Telecom ad

फिक्कल / २९ असार २०८२ अर्थात् १३ जुलाई २०२५ आइतवारका दिन सूर्योदय सामाजिक प्रतिष्ठान, सूर्योदय नगरपालिका -१०, फिक्कल इलामले दुई सय बाह्रौँ भानुजयन्ती भव्य रूपमा मनाएको छ ।

यसै सन्दर्भमा सामाजिक , शैक्षिक व्यक्तित्व स्वामी सोमेश्वरानन्दको एकसय अन्ठानब्बेऔँ जन्मजयन्ती पनि धुमधामका साथ मनाएको हो । महिला सृजना तथा बहुउद्देशीय सहकारी संस्थाको सभा हलमा सम्पन्न कार्यक्रममा आदिकवि भानुभक्त आचार्य र सामाजिक र शैशिक क्षेत्रका अभियन्ता स्वामी सोमेश्वरानन्दको आयामिक पाटाबाट चर्चापरिचर्चा गर्दै भानुका र व्यक्तिगत रचनाहरू वाचन गरिएको हो ।

संस्थाका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता, समाजसेवी एवम् सिर्जनशील नारी हस्ताक्षर निर्मला कट्टेल अग्रवालको प्रमुख आतिथ्यमा संस्थाका संरक्षक केदारनाथ अर्याल, संस्थाका सल्लाहकार समिति संयोजक डिल्लीप्रसाद सुवेदी, सल्लाहकार सदस्य बुद्धिनाथ बराल, दीपक शर्मा अधिकारी र समाजसेवी कृष्णप्रसाद सुवेदीगायत विशिष्ट अतिथिको रूपमा रहेका थिए ।

मञ्चासिन अतिथिवर्गलाई खादार्पणपश्चात् उपस्थित महानुभावहरूबाट नै राष्ट्रगनान गाएर देशलाई सम्झने काम भएको थियो । त्ययसपछि फरक क्षेत्रका राष्ट्रिय विभूति द्वय स्वामी सोमेश्वरानन्द र आदिकवि भानुभक्त आचार्यको तस्बिरमा फूलमाला र अबीर द्वारा सम्मान गर्दै दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा सोमेश्वरानन्द र भानुभक्तका बारेमा संस्थाका उपाध्यक्ष कुलप्रसाद ढकालबाट अत्यन्तै विस्तृत रूपमा चर्चा परिचर्चा गर्नुका साथै यी दुवै स्रष्टालाई राष्ट्रिय विभूति भनिने कारणसमेत उल्लेख गर्दै उनीहरूका कर्मको मूल्याङ्कन गरेका थिए । त्यसैगरी संस्थाका सदस्य नदी भट्टराईले भानुभक्त र सोमेश्वरानन्दको क्रमशः नेपाली साहित्यको काव्य विधामा आदिकविको महत्व यूगीन रहेको र नेपाली शैक्षिक र सामाजिक क्षेत्रमा सोमेश्वरानन्दभित्रको राष्ट्रिय विभूतिको अर्थ र महत्व दर्शाउँदै भानुभक्तका फुटकर रचनारहरू लयबद्ध वाचन गरेका थिए ।

त्यसैगरी डिल्लीप्रसाद सुवेदीले स्वामीजीको शैक्षिक योगदानको बारे सरल भाषाको प्रयोगद्वारा चर्चा गर्दै भानुका केही रचना प्रस्तुत गरेका थिए । दीपक शर्मा अधिकारीले भने नेपाली साहित्यभित्र भाषाको उपस्थिति र भाषिक उपनिवेशको स्थान र त्यसले पारेको प्रभाव बारे आफ्ना फरक धारणा प्रस्तुत गरे ।

भानु र स्वामीको सन्दर्भसहितका आफ्ना मन्तव्य राख्ने क्रममा संरक्षक केदारनाथ अर्यालले संस्थाका वर्तमान अवस्थाका अवस्था र भविश्यका चुनौती र संभावनासमेत चर्चा गरे ।

त्यसो त संस्थाका पूर्व अध्यक्ष धनकुमार तामाङले आफू संस्थामा रहँदाका समयको कालखण्डको मूल्याङ्कन गर्दै सरकारी तवरबाट संस्थालाई सहयोग नगरिएको तितो यथार्थ सम्झाएका थिए । समाजसेवी कृष्णप्रसाद सुवेदीले संस्थाको आर्थिक र सामाजिक पाटोको वास्तविकता उल्लेख गर्दै अबका दिन फरक ढङ्गबाट जानुपर्ने सुझाव दिए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका समाजसेवी तथा सिर्जनशील नारी हस्ताक्षर निर्मला कट्टेल अग्रवालले संस्थाको चौतर्फी चर्चा गर्दै अबका दिनमा तनमन वचन र कर्मले साथसहयोग गर्ने वचनबद्धता व्यक्त गर्दै भानुभक्त आचार्यद्वारा अनुदित कृति रामायणको सुन्दर काण्डबाट केही श्लोक मीठो लयमा वाचनसमेत गर्नुभयो ।

कार्यक्रममा केही रचनावाचनसमेत भएको थियो जसमा अर्जुन सुवेदी, डीपी बाँस्तोला, टिङ्कु भट्टराई , कविता राई गाउँले, बुद्धिनाथ बराल, विक्रम सुन्दास र विवेक शर्मा लामिछाने रहेका थिए । कार्यक्रममा सङ्ख्यात्मक उपस्थिति भन्दा गुणात्मक उपस्थिति बढी थियो जसको कारण कार्यक्रम सभ्य र भव्य भएको अनुभूति सबैले गरे । अन्त्यमा अध्यक्ष देवीप्रसाद गौतमद्वारा सम्पूर्ण कार्यक्रको मीमांसा प्रस्तुत गर्दै समापनको घोषणा गरेका थिए ।

संस्थाका कार्यसमिति सदस्य बालकुमार फागोको स्वागत मन्तव्य तथा कार्यक्रमको अौचित्यमाथि प्रकाश पारिएको कार्यक्रममा सचिव प्रेमसागर भट्टराईको सहजीकरण रहेको थियो ।

०००
फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x