साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ५०)

आफू उन्नति मार्गमा हिँडिदिए पाका रमे ईश्वर । लुक्छन् कष्ट कडा उदार दिलले हेरूँ म पाऊँ वर ।। मैले भर्नुछ यत्नले सुखघडा बोले स्वयम् पाइने । पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

मीठा खाद्य मिले विहार पथमा बोकेर ल्याए घर ।
हाँस्दा सन्तति हर्षमा खुद रमे सङ्कष्ट झेल्दै तर ।।
प्यारा सन्तति चढ्दछन् नभ भने सङ्कष्ट टाढा हुने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४१।।

जोत्ने काम छ खेतमा खुद गए सन्तान थाक्लान् भनी ।
बाली उन्नत आर्जिए जमिनमा सन्तान खालान् भनी ।।
गर्दा सङ्गत मिल्दछन् गुन बडा त्यागे स्वयम् टाढिने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४२।।

मान्छेका मनभावना विविधता पाइन्छ संसारमा ।
आफ्ना ईश्वर दुख्दछन् यदि भने आफैँ दुखे हारमा ।।
हाँस्थ्यो सौख्य मिली विशाल धरणी सन्ताप टाढा बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४३।।

आशीर्वाद दिए समुन्नत भएँ पाएर भित्री बल ।
मैले दुर्दुर गर्दछु यदि भने ती हुन् हियाका मल ।।
कर्मै हो फल झार्छ चेत बटुलोस् सेवा भरोसा दिने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४४।।

आफू उन्नति मार्गमा हिँडिदिए पाका रमे ईश्वर ।
लुक्छन् कष्ट कडा उदार दिलले हेरूँ म पाऊँ वर ।।
मैले भर्नुछ यत्नले सुखघडा बोले स्वयम् पाइने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४५।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x