दीनानाथ पाेखरेलबाबुआमा (काव्यांश- ५०)
आफू उन्नति मार्गमा हिँडिदिए पाका रमे ईश्वर । लुक्छन् कष्ट कडा उदार दिलले हेरूँ म पाऊँ वर ।। मैले भर्नुछ यत्नले सुखघडा बोले स्वयम् पाइने । पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।

दीनानाथ पोख्रेल :
मीठा खाद्य मिले विहार पथमा बोकेर ल्याए घर ।
हाँस्दा सन्तति हर्षमा खुद रमे सङ्कष्ट झेल्दै तर ।।
प्यारा सन्तति चढ्दछन् नभ भने सङ्कष्ट टाढा हुने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४१।।
जोत्ने काम छ खेतमा खुद गए सन्तान थाक्लान् भनी ।
बाली उन्नत आर्जिए जमिनमा सन्तान खालान् भनी ।।
गर्दा सङ्गत मिल्दछन् गुन बडा त्यागे स्वयम् टाढिने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४२।।
मान्छेका मनभावना विविधता पाइन्छ संसारमा ।
आफ्ना ईश्वर दुख्दछन् यदि भने आफैँ दुखे हारमा ।।
हाँस्थ्यो सौख्य मिली विशाल धरणी सन्ताप टाढा बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४३।।
आशीर्वाद दिए समुन्नत भएँ पाएर भित्री बल ।
मैले दुर्दुर गर्दछु यदि भने ती हुन् हियाका मल ।।
कर्मै हो फल झार्छ चेत बटुलोस् सेवा भरोसा दिने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४४।।
आफू उन्नति मार्गमा हिँडिदिए पाका रमे ईश्वर ।
लुक्छन् कष्ट कडा उदार दिलले हेरूँ म पाऊँ वर ।।
मैले भर्नुछ यत्नले सुखघडा बोले स्वयम् पाइने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४५।
०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम
Subscribe
Login
0 Comments
Oldest






































