फित्काैली डटकमडा. ऋषि बस्ताकाेटीकाे गीति सिर्जना सार्वजनिक
बस्ताकोटीका सुललित शव्दहरूमा संगीतकार राजेश थापाको संगीत रहेको छ। गीतको सङ्गीत संयोजन राजु कार्कीले गरेका छन् भने ध्वनि मिश्रण चाहिं विप्लव अधिकारीले गरेका छन् ।

काठमाडाैं, २०८२ भदाै ११ । फित्कौली हास्यव्यङ्ग्य पत्रिकामा “बेलाको बोली” स्तम्भमा नियमित व्यङ्ग्य मुक्तक लेिखरहनु भएका डा. ऋषि बस्ताकाेटीकाे गीति सिर्जना सार्वजनिक भएकाे छ ।
शिवराजको स्वरमा बस्ताकाेटीकाे “सपना सचित्र” मेरो भ्वाइस युनिभर्सको प्ल्याटफर्मबाट आफूलाई सम्भावना बोकेको प्रतिभाशाली गायक प्रमाणित गरी उत्कृष्ट नौमा पर्न सफल गायक शिवराज विश्वकर्माको स्वरमा स्वराङ्कन गरिएकाे छ ।
“सपना सचित्र” शुक्रवार सार्वजनिक गरिएको छ। डा ऋषि बस्ताकोटीका सुललित शव्दहरूमा संगीतकार राजेश थापाको संगीत रहेको छ।
गीतको सङ्गीत संयोजन राजु कार्कीले गरेका छन् भने ध्वनि मिश्रण चाहिं विप्लव अधिकारीले गरेका छन् । काठमाडौँको मेलोडी नेपाल स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई द टच क्रियसन नामको युट्युव च्यानलबाट गायक विश्वकर्माकै लिप्सिङ्ग भिडियो सहित सार्वजनिक गरिएको हाे । भिडियोको छायाङ्कन मरुभूमि नारायणले गरेका छन् भने सम्पादन चाहिं मोहन सुनुवारको रहेको छ।
गीतकार डा. बस्ताकोटीका अनुसार यो गीत स्पोटिफाइ, एपल म्युजिक, अमाजोन म्युजिक, टिकटक, युट्युव म्युजिक, पान्डोरा, टाइडल लगायतका डिजिटल स्टोरहरू मार्फत विश्वभर सुन्न सकिन्छ । दार्शनिक चेत भएको गम्भीर प्रकृतिको यो गीतमा स्रोता, दर्शकले कहीं न कहीं आफूलाई भेट्टाउने कुरामा गीतकार बस्ताकोटी विस्वस्त छन्।
नेपालका चर्चित गायक गायिकाका स्वरमा उनका दुइ दर्जन जति गीत गजल यस अघि नै नेपाली सांगीतिक बजारमा आइसकेका छन्। बस्ताकोटीकाे यस गीतलाइ तलकाे सुन्न सकिने छ :
सुन्नको लागि लिंक:
Subscribe
Login
0 Comments
Oldest






































