साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहराको ११३औं मासिक शृङ्खला र कृति लोकार्पण

संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व, पूर्व प्रशासक एवं वरिष्ठ स्रष्टा प्रह्लाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

Nepal Telecom ad

काठमाडाैं । मनोहरा साहित्य समाजको ११३औं शृङ्खला, कृति लोकार्पण तथा सिद्धिचरण श्रेष्ठको सम्झना कार्यक्रम संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व, पूर्व प्रशासक एवं वरिष्ठ स्रष्टा प्रह्लाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । वसन्त रिजाल, बमहादुर थापा,जिताली, आर सि. रिजाल, डा. मधुसूदन लामिछाने समेतको विशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव भावकेशर बरालले गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष अर्यालले प्रमुख अतिथि लगायत सबै अतिथि एवं स्रष्टाहरूलाई स्वागत, युगकवि सिद्धिचरणको सम्झना सहित रचनावाचनको शुभारम्भ गर्नुभएको थियो ।

स्वागत लगत्तै प्रारम्भ भएको वाचन शृङ्खलामा पदम दाहाल, टीका मिलन, सरिता तिमल्सिना, रामचन्द्र घिमिरे, छविलाल अधिकारी, मकुन्दराज शिवाकोटी, श्रीहरि फुयाँल, दीपक ओली, घनश्याम प्रसाईं, सुशील रिजाललगायतका स्रष्टाहरूले रचना वाचन गर्नुभयो ।

दोस्रो चरणमा मञ्चासीन सभाध्यक्ष अर्याल, प्रमुख अतिथि पोखरेल, विशेष अतिथिहरू बमबहादुर थापा जिताली, मधुसूदन लामिछाने, आरसी रिजाल, वसन्त रिजालले खोलाघरे साहिंलाले सम्पादन गर्नुभएको ‘वसन्त’ कृतिको लोकार्पण गर्नुभयो ।

कृति लोकार्पणपछि सम्पादक खोलाघरेले आफ्ना भनाइ राख्नुभयो भने समीक्षक लामिछानेले बडो सुन्दर शैलीमा कृतिबको संक्षिप्त टिप्पणी गर्नुभयो ।

त्यसपछि पुनः प्रारम्भ भएको रचनावाचन शृङ्खलामा सूर्यप्रसाद डुम्रे, मधुसूदन प्रसाद घिमिरे, वासुदेव पौड्याल, भुवन शिवाकोटी, केशव ज्ञवाली, कविराज घिमिरे, केशवराज खनाल, टेकबहादुर लौडारी, राजेन्द्र कुमार बज्राचार्य, मातृका कार्की, कोषराज भण्डारी, अप्सरा ढकाल, सम्पत् काफ्ले, शान्ति सापकोटा, दुर्गा घिमिरे, एन. बि. जनकपुरी, जयराम बिडारी, माधव घिमिरे अटल, दीपक श्रेष्ठ, आल्फी फोहेन फाक्लुप्पा, कृष्णप्रसाद पौड्याल, अप्सरा पोखरेल लगायत स्रष्टाले रचना वाचन गर्नुभएको थियो ।

पछिल्लो चरणमा संस्थाका अध्यक्ष तथा प्रमुख अतिथिले संयुक्त रूपमा कृतिका प्रकाशक स्रष्टा वसन्त रिजाल, डा. कृष्णप्रसाद पोखरेल गोविन्द चापागाईं, गोविन्दप्रसाद पोखरेल मकुन्दराज शिवाकोटी, मदनराज घिमिरे लगायतका व्यक्तित्त्वलाई समाजको आजीवन सदस्यताको प्रमाणपत्र दिए पछि प्रकाशक रिजालले प्रकाशन उद्देश्यबारे चर्चागर्नुभयो भने आर सि रिजालले र बमबहादुर जितालीले रचना वाचन गरेपछि प्रमुख अतिथिले पोखरेलले आफ्ना सारगर्भित मन्तव्य दिनुभएपछि सचिव भावकेशर बरालले सभा समापन भएको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा स्रष्टा एवं सभ्य श्रोताहरू बुद्धिसागर पौड्याल, जसध्वज गुरुङ, डा. शालिकराम कोइराला, कपिल अर्याल, भावना न्यौपाने, मदनराज घिमिरे, गोविन्द चापागाई गोविन्द पोखरेल लगायतका धेरै साहित्यानुरागी विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्तरीय छन्द तथा मुक्त कविता, मुक्तक, लघुकथा, व्यङ्ग्य रचना, गीत, गजल, भजन, मन्तव्य र शुभकामना प्रस्तुत भएका थिए भने कार्यक्रमलाई वसन्तको टिप्पणी र त्यसभित्रका रचना समेतले आकर्पक बनाएको थियो ।
०००
खाेलाघरे साहिँलाेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x