साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पराजुलीको ‘हिमलुङमा पलाएको माया’ लोकार्पण

कार्यक्रममा प्रमोद प्रधान, डा.हरिप्रसाद सिलवाल, श्रीरामसिंह बस्नेत,केशव पराजुली,छविरमण सिलवाल,शंकर भारती र स्रष्टा पराजुली लगायतले उक्त कृति लोकार्पण गरे ।

Nepal Telecom ad

काठमाडौँ। साहित्यकार विष्णुप्रसाद शर्मा पराजुलीको नविनतम् कथासङ्ग्रह हिमलुङमा पलाएको माया लोकार्पित भएको छ ।

सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल चिबहालमा भएको कार्यक्रममा प्रमोद प्रधान, डा.हरिप्रसाद सिलवाल, श्रीरामसिंह बस्नेत,केशव पराजुली,छविरमण सिलवाल,शंकर भारती र स्रष्टा पराजुली लगायतले उक्त कृति लोकार्पण गरे ।

कृतिमाथि बोल्दै प्रमुख बक्ता बरिष्ठ समालोचक प्रधानले नेपाली समाज पढ्न सकिने गरी कथाहरु आएका बताए । मैले यति दावी गर्दा गलत नहोला,पराजुलीले जस्तो कथा लेख्ने कथाकार मैले नेपालमा भेटेको छैन् ।धेरै कथाकारहरुले मध्यपहाडी भूगोललाई समेटेर कथा लेख्ने गरेका छन् । हिमालको पदयात्रा गरेर कथा लेख्ने अरु छैनन् । पराजुलीका कथाहरुमा हिमाली जनजीवन आएको बताउँदै प्रधानले भने, हिमाली क्षेत्रका मानिसका दुःखका कुरा कथाले समेटेका छन् । कथाले भूगोल र त्यहाँको अबस्था बुझ्न सघाउँछ । कथाहरु सुक्ष्म रुपमा आएका छन् । पराजुलीका कथाहरु मानवशास्त्र, समाजशास्त्र र पर्याचेतका दृष्टिकोणले पनि महत्वका छन् । कथा पढ्दा म धेरै भावुक भएको छु ।

अर्का चर्चाकार डा.सिलवालले नियात्रामा जमेका पराजुली कथामा पनि राम्रै जम्न सक्ने सामाथ्र्य राख्छन् भन्ने कुराको पुष्टि कथासङ्ग्रहले गरेको बताए । सबै स्रष्टामा यो क्षमता हुँदैन् कि सबै विधामा अब्बल होउन्,तर पराजुलीमा त्यो क्षमता देखियो । कथासिद्धान्तको कसीमा जोडेर हेर्दा कमजोर कथा लागेन् ।कथाहरु दमदार छन् । उनका नियात्रा र कथाका परिवेश भने एउटै छ । मनाङ,मुस्ताङ ,डोल्पो,काठमाडौँ,अमेरिकासम्मका परिवेशहरु कथाहरुमा समेटिएको छ ।

सञ्चारकर्मी तथा लेखक श्रीरामसिंह बस्नेतले पराजुलीका कथाको पहिलो पाठक आफु भएको बताउँदै भने,पराजुलीको कथाको मूल आधार भनेकै यात्रा हो । उनका कथामा आञ्चलिकता आउँछ । कथाकार पराजुलीले कथा लेखनमा पनि निरन्तरता दिने बताए ।

दुई चरणमा सञ्चालित कार्यक्रममा सञ्चारकर्मी राजेश खनालले सहजीकरण गरी प्रकाशक,लेखकसङ्ग प्रश्नोत्तर गरेका थिए । नियात्राकारको रुपमा चर्चित पराजुलीलाई अब कथाकारको रुपमा पनि चिनिने भयो भन्ने जिज्ञासामा आफुले भन्न नमिल्ने पाठक,समालोचक,समीक्षकहरुले बोल्ने कुरा भएको बताएका थिए । कथाको बारेमा उनको दृष्टिकोण बुझ्न खोज्दा कथा के हो परिभाषामा बाँध्न नसक्ने भन्दै कथा पढ्दा परिवेश,भूगोल,जनजीवन,संस्कृति जस्ता कुराहर आउनुपर्ने कुरामा पराजुलीले जोड दिए ।

प्रकाशकको तर्फबाट भुँडीपुराण प्रकाशनका केशव पराजुलीसङ्ग अन्तरसम्बाद गर्दा प्रकाशन गृहका दुःख,पठन संस्कृतिमा आएको ह्रास,भाषा साहित्यमा राज्यको उदासिनता लगायतका कुराहरु उनले राखेका थिए ।

सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तारा केसीले स्वागत मन्तव्य राखिन । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले गरे ।- रासस
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x