साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘तृषित मन’ हाइकु/सेन्युसङ्ग्रहको लोकार्पण

काठमाडौँका ६६ वर्षीय प्रदीप केसी (सञ्जेल)ले पहिलोपटक 'तृषित मन'हाइकु /सेन्युसङ्ग्रह प्रकाशनमा ल्याउनु भएको हो। उहाँले हाइकु र सेन्यु गरी ९५८ वटा रचना संकलित छन् ।

Nepal Telecom ad

काठमाडौँ। कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा निकै लोकप्रिय देखिन्छ। हाइकु र सेन्युको सङ्क्षिप्तता र गुणवेत्ताका प्रभावले नेपाली साहित्यमा सयौँ हाइकुकार र केही सेन्युकारहरू देखा परिरहेका छन् ।

यसै क्रममा काठमाडौँका ६६ वर्षीय प्रदीप केसी (सञ्जेल)ले पहिलोपटक ‘तृषित मन’हाइकु /सेन्युसङ्ग्रह प्रकाशनमा ल्याउनु भएको हो। उहाँले हाइकु र सेन्यु गरी ९५८ वटा रचनालाई आफ्नो कृति ‘तृषित मन’मा समेट्नु भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य, वरिष्ठ समालोचक तथा कवि डा. मधुसूदन गिरीले ‘तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण गर्दै हाइकु र सेन्युलाई बौद्धिक जडताभन्दा पनि सरल र सहज किसिमले रचना गर्न जोड दिनुभयो । हाइकु रचना प्रकृतिलाई हेर्ने जीवन दर्शन भएकाले यसमा नेपाली मौलिकता ,माटो र समाजको सुगन्ध आउनुपर्ने विचार व्यक्त गर्दै हाइजिन प्रदीप केसीका हाइकु र सेन्युमा समाजको विविधता आउनु भनेको तृषित मनको महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो ।

विशेष अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान प्राज्ञसभा सदस्य,नेपाल हाइकु सङ्घका केन्द्रीय अध्यक्ष तथा ‘तृषित मन’ हाइकु /सेन्युसङ्ग्रहका भूमिकाकार चेतनाथ धमलाले लघुतम हाइकु र सेन्युको संरचना र सिर्जनशीलता बारे प्रष्ट पार्दै हाइकुकार प्रदीप केसीको रचनाधर्मिता बारे प्रकाश पार्नुभयो ।

अतिथि त्रय नेपालभाषाका हाइकुकवि तथा स:दबू साहित्य ललितपुरका संयोजक सुधीर ख्वबी, प्रलेसका केन्द्रीय पार्षद सृजना सरोवर र पूर्व बिगेडियर जनरल रामचन्द्र खत्रीले कृतिगत शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा ‘तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहका स्रष्टा प्रदीप केसीले आफूले प्रकृति र धार्मिक सांस्कृतिक पक्षलाई आत्मसात् गर्दै तिनको सिर्जना गरेको बताउनुभयो । केसी शुभेच्छुकहरूबाट सम्मानित समेत हुनुभयो ।

उक्त सङ्ग्रहका प्रकाशक ,मानव अधिकार तथा एकल महिला समूहका केन्द्रीय सदस्य प्रतिभा विष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । स्वयम्भू कारखानाचोकमा रहेको क्वालिटी दरबार रेस्टुरेन्टमा ऐरावती प्रकाशनले कार्यक्रमको आयोजना गरेको थियो। प्रकाशनका अध्यक्ष तथा कवि रामदेव पाण्डेले आकर्षक ढङ्गबाट कार्यक्रमको सञ्चालन गर्नु भएकाे थियो ।

०००
चेतनाथ धमलाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x