रत्नमाया र जीवनाथ पौडेलका सुपुत्र तिलकराज शर्मा पौडेल २०११ असोज १४ गते आरुस्वाँरा, तनहुँमा जन्मिनुभएको हो । स्नातकोत्तर तहसम्मको औपचारिक योग्यता हासिल गर्नुभएका पौडेल निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारी हुनुहुन्छ । हास्यव्यङ्ग्य निबन्ध लेखनमा सक्रिय पौडेलको पहिलो हास्यव्यङ्ग्य कृति ‘पार्टी खोल्ने धुनमा’ (२०५२) रहेको छ । उहाँकाे ‘दौरा सुरुवाल र टोपी आतङ्क’ (२०६५) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह समेत झण्डै आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । पाैडेल वाल्मीकी साहित्य सम्मान (२०६१), कालिका साहित्य सम्मान (२०६४) लगायत साहित्यिक पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत, सम्मानित हुनुहुन्छ ।
पोसाक महात्म्य
तिलकराज पौडेल : साडीले संक्षेपीकरण गर्दै मिनी स्कट बनेछ । अपाङ्ग इस्टकोट अतास्सिदै आईलभ यू भनेछ
पुरा पढ्नुहाेस्

tilakraj sharma

























