साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबा

उत्प्रेरणाका प्रतिमूर्ति एक कर्मादिमा पुग्छ सदा विवेक। साच्चै तिमी लाग्छ अनन्त ब्रम्ह्म बाबा तिमी छाै अति धन्य धन्य ।

Nepal Telecom ad

गोमा रेग्मी :

हो स्वर्ग झैं लाग्दछ दिव्य काख
पाँए सदा प्रेम अमूल्य साथ।
देख्दा तिमी सार्थक लाग्छ जन्म
बाबा तिमी छोै अति धन्य धन्य।।

माफी दियोै जे जति भूल गर्दा
अल्छी हुँदा धेर अटेर गर्दा।
बोली सधैं सुन्छु अहो अमूल्य
बाबा तिमी छोै अति धन्य धन्य।।

संस्कार राम्रा जति हुन् सिकायोै
झर्को र फर्को नगरी बुझायोै।
सद्भाव सत्कर्म र दान पुण्य
बाबा तिमी छोै अति धन्य धन्य।।

तिम्रै सदीक्षा र सुमार्ग जानी
पाएँ सुधातुल्य छ जिन्दगानी।
सत्कर्म जानूँ म बनूँ अदम्य
बाबा तिमी छोै अति धन्य धन्य।।

सम्झेर तिम्रो ममता र प्यार
सम्मान मेरो छ हरेक बार।
आदर्श छोै आदि अनन्त सम्म
बाबा तिमी छोै अति धन्य धन्य ।।

उत्प्रेरणाका प्रतिमूर्ति एक
कर्मादिमा पुग्छ सदा विवेक।
साच्चै तिमी लाग्छ अनन्त ब्रम्ह्म
बाबा तिमी छाै अति धन्य धन्य ।।

०००
दक्षिणकाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बुबामुमा हृदयका सर्वाेच्च आधार...

ढकाल शिखरनाथ बेलकाेटे
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x