बालकृष्ण खनालके देख्न परेको हो ?
उसैले आत्मनिर्भरका कुरा गर्दछ जसले सत प्रतिसत झुटा बोल्दछ उसैले म इश्वरको अंश हुँ मलाई पूजा गर भन्दछ जनता पनि उसैको कुरा साँचो मान्दछ र उसैलाइ इश्ववर ठान्दछ हैन यो के देख्न परेको हो ?

बालकृष्ण खनाल :
जस्ले बनसम्पदाको दोहन गर्दछ
उसले वातावरणका कुरा गर्दछ
जसले भ्रष्टाचार गर्दछ
उसले सुशासनका कुरा गर्दछ
जसलाई नेपानी भाषा बोल्न आउदैन
उसले भेष भाषाका कुरा गर्दछ
जसले मन्दिरका मूर्ति क्रिस्चियनलाई बेच्दछ
उसले हिन्दु धर्मको अभियान चलाउदछ
जसले सामन्तवादको रक्षानमा पौडी खेल्दछ
उसले समाजवाद र साम्यवादका कुरा गर्दछ
यो के देख्न परेको हो ?
जसले आफ्ना नागरिक बेचेर प्रशाशन चलाउछ
ऊ शासकले सुखी जनता समृद्ध देशका कुरा गर्दछ
जसले नदीनाला बेचेर विद्युत किन्छ
उसले जलश्रोतको उपयोग गर्नुपर्छ भन्दछ
जसले सत्ता स्वार्थ खातिर राष्ट्रघाती सन्धि सम्झौता गर्दछ
उसैले राष्टि्यताका कुरा गर्दछ
जसले छोरी बहिनी बेचेर पैसा कमाउँ भन्दछ
उसले नारी हिङ्शाका कुरा गर्दछ
य के देख्न परेको हो ?
जसले हिजो जसको बिनास गर्यो
उसैले आज सडक पेटिमा उसैले उसलाई खोजेको अभिनय गर्दछ
जसले नैतिकता बेचेर अर्थाजन गरेछ
उसैले नैतिकताका कुरा गर्दछ
जसले आफ्नै परिवारको रक्षा गर्न सकेन
उसैले देश र जनताको रक्षा गर्दछु भन्दछ
जसले आमाको चिरहरण गर्दछ
उसैले देशभक्त हुँ भन्दछ
यो के देख्न परेको हो ?
जसले नारीलाइ जुवाको दाउँमा
थाप्छ र हार्छ
उही पुजनिय हुन्छ
जसले नारीको मुटु कलेजा खाएँ भनेर सन्तुष्ट हुन्छ
उही आदर्श पुरुष मानिन्छ
जो नि वस्त्र हुन्छ
उसैलाइ ढोगिन्छ
जो नगर बधुको पुत्र हो
उसैलाई इश्वर भनिन्छ
यो के देख्न परेको हो ?
जसले विद्यालय स्वास्थ्य संस्था हैन
मन्दिर, मस्तिज, गुम्वा, चर्चको सिलान्यास गर्दछ
उसैले विज्ञान स्वास्थ्यका कुरा गर्दछ
जसले नागरिक विदेशमा खेदेर रेमिटेन्सले पेट भर्दछ
उसैले आत्मनिर्भरका कुरा गर्दछ
जसले सत प्रतिसत झुटा बोल्दछ
उसैले म इश्वरको अंश हुँ मलाई पूजा गर भन्दछ
जनता पनि उसैको कुरा साँचो मान्दछ
र उसैलाइ इश्ववर ठान्दछ
हैन यो के देख्न परेको हो ?
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest







































