साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हराएका छोराहरू

शान्ति घोषणापछि बदलिए सारा नाराहरू बदलिए सारा नारा लाउने सर्वहाराहरू तर बदलिएन उसले बदल्न खोजेको देश ।

Nepal Telecom ad

एक ढाकर खुसीहरू
जब ढाकर नै प्वाल परेर बाटोमा खसेपछि
बुढी आमा एकोहोरिएकी छिन् पूर्वतिर हेर्दै
बिहान उठ्ने घामसँगै आफ्ना अरुण र वरुण
जुरुक्क उठेर सिकुवामा
टुप्लुक्कै आइपुग्छन् कि भनेर ।

रातको सिरानी लगाई
निदाएका घाम सधैँ बिहानी ब्युँझन्छ
फेरि निदाउँछ थाकेका निन्द्राको सिरक ओढेर
घाम उठ्नुभन्दा पहिला उठिन् बुढी आमा
बुढी आमासँगै निदाएका बिर्खेबा
तर उनी कहिल्यै उठेनन् घाम उठेजस्तै गरी
बिर्खे बाका लागि भाले कहिल्यै बासेनन् ।

जेठो छोरो जहिल्यै देश काँधमा बोक्छु भन्थ्यो
देश निक्कै भारी हुँदोरहेछ क्यारे
सकेन बोक्न र विसायो देश ऊ आफैँ ढलेपछि
कान्छो छोरो पनि निकै देश बदल्छु भन्थ्यो
देश बदल्ने कलिला सपनाहरू थुन्सेमा बोकी
छिर्यो जङ्गल जनयुद्धका लागि
ऊ जनयुद्धबाट शहीदमा बदलियो ।

शान्ति घोषणापछि
बदलिए सारा नाराहरू
बदलिए सारा नारा लाउने सर्वहाराहरू
तर बदलिएन उसले बदल्न खोजेको देश ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वाह ! क्या बुद्धिमान मेरो साथी

वाह ! क्या बुद्धिमान...

राजबाबु श्रेष्ठ ‘सागर’
सिमचना कसैका भागमा परेनन्

सिमचना कसैका भागमा परेनन्

राजबाबु श्रेष्ठ ‘सागर’
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x