साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लालसा

देशभरबाट महिलाहरूको एउटै आवाज गुन्जन थाल्यो- “महिला प्रधानमन्त्री हुनैपर्छ हामीले अधिकार पाउनैपर्छ ।”

Nepal Telecom ad

मन्त्रिणी ज्यूलाई जसरी भए पनि एक पटक पतिदेवको उच्च आसनमा बस्ने लालसा जागेर आयो ।

एक दिन पतिदेवको गाला मुसार्दै अनुनय गरिन्-
“स्वामी मेरो एउटा ठुलो इच्छा छ ।”

“भन न प्रिय मैले तिम्रो सबै इच्छा पुरा गरेकै छु अब के त्यस्तो इच्छा नै बाँकी छ र तिमी भित्र ?”

“मलाई एक पटक हजुरको यो प्रधानमन्त्रीको कुर्सीमा बस्न सारै ठुलो इच्छा छ स्वामीदेव ।”

“हेर माया यो कुर्सी तिम्रो नै त हो ! म त केवल एक मोहरा न हुँ । तिम्रो इच्छा बमोजिम नै त म चलिरहेको छु । होइन ..अब तिमीलाई यो कुर्सी नै किन चाहियो र बाबा ?”

“पतिदेव मलाई जसरी नि यो कुर्सीमा बस्नु छ, के मेरो हक लाग्दैन र !?”

प्रियाको अत्यन्तै जिद्दी भएपछि पतिदेवको केही सिप चलेन । पत्नीलाई कसरी यो उच्च आशनमा राख्ने भनेर उपाय सोच्न थाले ।

पार्टीको आकस्मिक बैठक बोलाए र आफ्नो पार्टीको घोषणापत्रमा चुनावी नारा लेख्न लगाए ।
“पहिला पहिला अरुलाई यसपालि प्रधानमन्त्री महिलालाई ।”

देशभरबाट महिलाहरूको एउटै आवाज गुन्जन थाल्यो- “महिला प्रधानमन्त्री हुनैपर्छ हामीले अधिकार पाउनैपर्छ ।”

चुनावी नारा सफल भयो ।
मन्त्रिणीज्यूको मुहार उज्यालो देखिन्थ्यो ।

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x