साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाह ! क्या बुद्धिमान मेरो साथी

साथी त यस्तो पो साथी बनेर गधा बोकेर पिठ्युँमा किताबको भारी भोकमा ऊ घाँस चर्दछ । वाह ! क्या बुद्धिमान मेरो साथी । जसलाई खबर पठायौ ऊ बेखबर छ साथी ।

Nepal Telecom ad

जसलाई खबर पठायौ
ऊ बेखबर छ साथी ।

टेकेर ग्लेसियर सगरमाथाको
आगोको अनुभूति लिन्छ ऊ
बेचेर दुधालु गाई गधा किन्छ ऊ
रेटेर आमाको शिर दुस्मनको हात दिन्छ ऊ
वाह ! क्या बुद्धिमान मेरो साथी ।

थाहा छैन उसलाई
विद्वान् र बुद्धिमानका कुन पहाड अग्ला हुन् ?
भाँच्चिनु र टुक्रिनुको पीडा एउटै हुन् कि फरक हुन् ?
थाहा छैन उसलाई आगो के हो ?
र त खेल्छ ऊ आगोसँग
बेफिक्री भएर एउटा बालकझैँ
चिन्दैन ऊ साँप र बाबियोको डोरी
र त खेल्छ ऊ बेफिक्री भई हातले समाई
आमाको घाँटीको तिलहरीझैँ ।

जसलाई खबर पठायौ
ऊ बेखबर छ साथी
वाह ! क्या बुद्धिमान मेरो साथी
साथी त यस्तो पो साथी
बनेर गधा बोकेर पिठ्युँमा किताबको भारी
भोकमा ऊ घाँस चर्दछ ।

वाह ! क्या बुद्धिमान मेरो साथी ।
जसलाई खबर पठायौ
ऊ बेखबर छ साथी ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सिमचना कसैका भागमा परेनन्

सिमचना कसैका भागमा परेनन्

राजबाबु श्रेष्ठ ‘सागर’
हराएका छोराहरू

हराएका छोराहरू

राजबाबु श्रेष्ठ ‘सागर’
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x