राजबाबु श्रेष्ठ ‘सागर’वाह ! क्या बुद्धिमान मेरो साथी
साथी त यस्तो पो साथी बनेर गधा बोकेर पिठ्युँमा किताबको भारी भोकमा ऊ घाँस चर्दछ । वाह ! क्या बुद्धिमान मेरो साथी । जसलाई खबर पठायौ ऊ बेखबर छ साथी ।

जसलाई खबर पठायौ
ऊ बेखबर छ साथी ।
टेकेर ग्लेसियर सगरमाथाको
आगोको अनुभूति लिन्छ ऊ
बेचेर दुधालु गाई गधा किन्छ ऊ
रेटेर आमाको शिर दुस्मनको हात दिन्छ ऊ
वाह ! क्या बुद्धिमान मेरो साथी ।
थाहा छैन उसलाई
विद्वान् र बुद्धिमानका कुन पहाड अग्ला हुन् ?
भाँच्चिनु र टुक्रिनुको पीडा एउटै हुन् कि फरक हुन् ?
थाहा छैन उसलाई आगो के हो ?
र त खेल्छ ऊ आगोसँग
बेफिक्री भएर एउटा बालकझैँ
चिन्दैन ऊ साँप र बाबियोको डोरी
र त खेल्छ ऊ बेफिक्री भई हातले समाई
आमाको घाँटीको तिलहरीझैँ ।
जसलाई खबर पठायौ
ऊ बेखबर छ साथी
वाह ! क्या बुद्धिमान मेरो साथी
साथी त यस्तो पो साथी
बनेर गधा बोकेर पिठ्युँमा किताबको भारी
भोकमा ऊ घाँस चर्दछ ।
वाह ! क्या बुद्धिमान मेरो साथी ।
जसलाई खबर पठायौ
ऊ बेखबर छ साथी ।
०००
Subscribe
Login
0 Comments
Oldest






































