साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोग्ने लाइसेन्स

ग्यास बाल्नु सिक्नुहोस् । चिया बनाउनु सिक्नोस् । नानी समात्नु सिक्नोस् । न्याप्किन फेर्न सिक्नुहोस् । मसला पिँध्नु सिक्नुहोस् । भाँड़ा मोल्न सिक्नुहोस् । बिना लाइसेन्स जसरी गाड़ी चलाउन सकिँदैन त्यसरी नै लाइसेन्सबिना गृहस्थीजीवनको गाड़ी चलाउन सकिँदैन ।

Nepal Telecom ad

श्रीमतीसित थुतुनो चलाउने हरेक लोग्नेमान्छे एउटा कुरा याद राख्नुपर्छ- तपाईंकी श्रीमती तपाईंकी जीवनसङ्गिनी हुन् । हामी श्रीमतीले आतङ्वादीको रुप लियौं भने तपाईंको च्यापु लक हुनसक्छ । नेपालमा कुरैपछि चक्काजाम भएजस्तो श्रीमान महादयको पनि के के जाम हुनसक्छ..हुनसक्छ । तपाईंकी श्रीमती सिमेण्टको बोरा होइन । स्मरण रहोस् अहिले नारीजागरणको युग चल्दैछ । ढुङ्गा फ्याँक्दा ईंटाको झटारो खानैपर्छ । होसियार…।

श्रीमतीलाई सघाउने कुरामा लोग्नेमान्छे साह्रै कमजोर देखिन्छन् । कति लोग्ने ता वरको सिन्का पर नसार्ने खालका पनि हुन्छन् । मलाई लाग्छ, अब लोग्नेहरूको लोग्ने ट्रेनिङ क्याम्पस हुनुपर्ने । बीएड पास नगरे शिक्षकको नोकरी पाइँदैन, लोग्नेले पनि टीएल (ट्रेण्ड लोग्ने) तहको प्रमाण नलिएसम्म उनी अस्थायी लोग्नेकै रुपमा श्रीमतीको अण्डरमा बस्नुपर्नेछ । आतङ्वादीहरू सबै ट्रेण्ड हुन्छन् । आतङ्कवादी ट्रेण्ड नभएसम्म उनलाई आतङ्कवादीमा सामेल गरिँदैन । यसकारण अन्ट्रेण्ड लोग्नेलाई पनि घर-गृहस्थीमा सामेल गर्नु नै नपर्ने । यसकारण ट्रेण्ड नभई हातखुट्टा बाँघ्नु पाउने छैन ।

नोकरी गजब, गाड़ी, बिल्डिङ भयो भन्दैमा राम्रो घरकी सोझी-सरल युवतीलाई फरिया-चौबन्दीमा लपेटेर ल्याई आजीवन ओखलीमा धान ढुटाएजस्तो घर-संसारको ओखलीमा ढुट्याउन पाउँदैन ।

नारी सशक्तीकरणको जमाना छ । अब प्रत्येक श्रीमतीहरूको गृहस्थी जीवनको ओखलीमा चामल ढुट्टाएजस्तो ढुट्याउने खोज्ने सबै लोग्नेहरूलाई भन्न सक्नुपर्छ, “ए लोग्ने महोदयहरू हो… जानुहोस् पहिले टीएल पास गरी आउनुहोस् । त्यसपछि मात्र औ, सुन्यौ, आँ…उँ…हाँ…हुँ…को उत्तर पाउनैछौ ं।

लोग्ने ट्रेनिङको नमूना….
ट्रेनिङ सेण्टर..विराट अबजर्भेस् ल्याबमा लोग्नेलाई राखिन्छ । ल्याबमा चारैतिर सिसिटिभी छन् । ल्याबभित्र उम्मेद्वारको सारा करतुत हेरिन्छ । त्यसपछि स्वभाव संशोधनी क्याम्पमा हालिन्छ लोग्नेलाई । एकजना हात्तीभन्दा अजङकी म्याडमले लोग्नेलाई निरीक्षण गर्नेछिन् ।

अब्जर्भेसन शुरु… बिहान ५ बजे लामो बेल बज्छ….. क्रिडि़ङ्… क्रिडि़ङ…। सबै लोग्नेहरू जाराकजुरुक उठनुपर्छ । लोग्नेहरू प्रायः अल्छे नै हुन्छन् । निद्राबाट उठ्ने बित्तिकै बाथरुम दगुर्छन् । बिगबोसको बोसजस्तै कतै कुनाबाट चिम्पाञ्जीजस्ती ट्रेनर म्यामको चर्को स्वर- कहाँ जानुहुँदैछ ? मच्छड़दानी खोलेर मिलाउनुहोस् अनि पट्याएर तोसकमुनि राख्नुहोस् । ब्ल्याङ्केट चिटिक्कै पट्याउनुहोस् । सिरानीकै गति हेर्नुहोस् । आमामामा… के हो त्यस्तो ? रातभरि सिरानीलाई अङ्गालो मारेर सुत्नुहुन्छ कि क्या हो ? सिरानी डल्लो परेको हेर्नु । सिरानीमा दुई-तीनपल्ट हातले ढ्याप…ढ्याप गर्नुहोस् । सिरानी डल्लो परेर कति घिनलाग्दो देखिँदैछ । ह्मममम…. अब सिरानी टाउकातिर राखेर खज्मिएको च्यादर तिनिक्कै पारी त्यसमाथि बेडकभरले छोपिदिनुहोस् । अहँ…भएन… भएन । चारैतिर इक्वाल भएन । मेक इट डिसेण्ट ।

लोग्नेलाई साह्रो पारिसक्छ । वासरुमा जानैपर्छ नत्र…. । फेरि सिम्पाञ्जीको कर्कश स्वर- अरे कता फेरि ? तपाई ? तपाईलाई यहाँबाट जाने पर्मिसन कसले दियो ? यो तपाईको घर होइन..अब फिजिकल एक्सरसाइजको निम्ति तयार हुनुहोस् । सावधान पोजिसनमा उभिएर.. हातखुट्टा पालैपिलो फ्याँक्नुहोस्… दुई हात सोझो माथि उठाएर अघिल्तिर घोप्टिनुहोस् । येस… गो अन… गो अन…अहँ घूँड़ा बाङ्गियो…। नो…नो…। घूँड़ा बाङ्गो नपरार्नुहोस्। स्ट्रेट । फ्रण्ट बेण्ड, साइड बेण्ड, ब्याक बेण्ड । सिक्सिटिन…सिक्सिचिन टाइम्स। हेर्नुहोस् तपाईको भुँड़ी झोलिएको… यो उमेरमा यस्तो भुँड़ी । नट लुकिङ गुड । लु अब ट्वेण्टी टाइम्स उठबस्। कण्टिन्यू । नन स्टप । चालिसपल्ट डन । पवनमुक्तासन पनि । लु अब जगिङ्….।

महिना दिनसम्म ट्रेनिङपछि सबै लोग्नेहरूलाई मैदानमा उभ्याई सिपाञ्जी म्यामको भाषण-
ग्यास बाल्नु सिक्नुहोस् । चिया बनाउनु सिक्नोस् । नानी समात्नु सिक्नोस् । न्याप्किन फेर्न सिक्नुहोस् । मसला पिँध्नु सिक्नुहोस् । भाँड़ा मोल्न सिक्नुहोस् । बिना लाइसेन्स जसरी गाड़ी चलाउन सकिँदैन त्यसरी नै लाइसेन्सबिना गृहस्थीजीवनको गाड़ी चलाउन सकिँदैन ।

०००
खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x