साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँझको पाँगा दोबाटो

मन्दिरभन्दा अग्ला मालिक छन् मालिकहरूले थिचेका असङ्ख्य बालिक छन् को ? छैनन् पाँगा दोबाटोमा जनवाददेखि धनवादसम्म सबै छन् ।

Nepal Telecom ad

टेकराज ओझा

व्यापारी – भिखारी
विद्यार्थी – कर्मचारी
व्यभिचारी – दुराचारी
नेता – नीतिनिर्माता
नारा – बिचरा
असङ्ख्य जङ्गेहरूको रङ्गे स्थान हो यो ।

एक हुल देश बिगार्ने र बनाउनेहरूका कुरा गर्छन्
एक हुल देश बनाउने कुरा गर्छन्
एक हुल आफू बन्ने कुरा गर्छन्
एक हुल आफू बनाउनेहरूका कुरा गर्छन्
कुरा गर्नमा मात्रै ठिक्क यो स्थान
मान्छेहरू देखेर नै दिक्क भइसकेको छ ।

यहाँ –
साँझभन्दा अँध्यारा मन छन्
मनभन्दा फराकिला मन्दिर छ्न्
मन्दिरभन्दा अग्ला मालिक छन्
मालिकहरूले थिचेका असङ्ख्य बालिक छन्
को ? छैनन् पाँगा दोबाटोमा
जनवाददेखि धनवादसम्म सबै छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

टेकराज ओझा
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x