सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साँझको पाँगा दोबाटो

मन्दिरभन्दा अग्ला मालिक छन् मालिकहरूले थिचेका असङ्ख्य बालिक छन् को ? छैनन् पाँगा दोबाटोमा जनवाददेखि धनवादसम्म सबै छन् ।

Nepal Telecom ad

टेकराज ओझा

व्यापारी – भिखारी
विद्यार्थी – कर्मचारी
व्यभिचारी – दुराचारी
नेता – नीतिनिर्माता
नारा – बिचरा
असङ्ख्य जङ्गेहरूको रङ्गे स्थान हो यो ।

एक हुल देश बिगार्ने र बनाउनेहरूका कुरा गर्छन्
एक हुल देश बनाउने कुरा गर्छन्
एक हुल आफू बन्ने कुरा गर्छन्
एक हुल आफू बनाउनेहरूका कुरा गर्छन्
कुरा गर्नमा मात्रै ठिक्क यो स्थान
मान्छेहरू देखेर नै दिक्क भइसकेको छ ।

यहाँ –
साँझभन्दा अँध्यारा मन छन्
मनभन्दा फराकिला मन्दिर छ्न्
मन्दिरभन्दा अग्ला मालिक छन्
मालिकहरूले थिचेका असङ्ख्य बालिक छन्
को ? छैनन् पाँगा दोबाटोमा
जनवाददेखि धनवादसम्म सबै छन् ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

टेकराज ओझा
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’