साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘खै-खै’ ले देखाएको बाटो

विसङ्गतिप्रति चट्कन हानेर विसङ्गतिका विभिन्न हास्यात्मक स्थिति देखाएर निबन्ध लेख्ने पिँडालीको ‘म’ गहिरिएर विचार गर्दा कतै व्यक्तिवादी त छैन ? भन्ने पनि लाग्छ ।

Nepal Telecom ad

भूमिका
नेपाली हास्यव्यङ्ग्य निबन्ध साहित्यको शोध-खोज गर्नेले के पाउने छ भने यो क्षेत्रका सशक्त कलमवीर पिँडाली हुन् र उनले गुणात्मताका साथै परिमाणमा पनि सक्रिय भएर कलम चलाएका छन् । १९९४ देखि कलम चलाउने पिँडालीले कथा, उपन्यासका साथै निवन्धमा कलम चलाउँदा उनको सर्वाधिक कलम चलेको क्षेत्र निवन्ध नै देखिन्छ र उनी यो क्षेत्रका सफल लेखक भएका छन् । डा. तारानाथ शर्मा, राजेन्द्र सुवेदी जस्ता नेपाली समालोचकले उनका निबन्धगत विशेषता (विशेष गरी सरल र रोचक काव्यशैली) वारे केही लेखे तापनि उनीवारे पूर्वानुसन्धानपूणर् समालोचना भने नभएबाट उनका योगदान र त्रुटि छुट्याउने काममा ढिलाइ भएको छ । उनले थुप्रै निबन्ध लेखेमध्येको एक निबन्ध हो- ‘खै-खै’ (२०१७) । यो निबन्ध कुनै वेला निकै नामुद्दार निबन्ध पनि भयो । यो भन्दा पूर्वका र पछिका उनका निबन्धका प्रवृत्ति चिन्न ‘खै-खै’ ले धेरै सघाउने देख्छु । अतः यहाँ ‘खै-खै’ का केही पक्ष पिँडालीका निबन्ध लेख्ने तरिकाको प्रतिनिधित्व गर्ने ठहराई तिनको संक्षेपमा उल्लेख गर्छु ।

मझौला आकार
‘खै-खै’ जम्मा ८ पाताको (क्राउन १/१६) निवन्ध हो । यसमा १९० हार छन् र १८ अनुच्छेद छन् । उनका अरू सङ्ग्रह समेतका निबन्ध हेर्दा पचहत्ते लामा कुनै निबन्ध छैनन् । अर्थात् पिँडालीका निबन्ध निबन्धका परिभाषा अनुसार मझौला आकारका गद्य रचना छन् ।

पिँडालीका निबन्धका अनुच्छेदका लमाइ-छोटाइ हेर्दा तिनमा ज्यादै असमानता पाइन्छ । यस्तो असमानतामा अमरगीतात्मकता रहने हुँदा निबन्धगत अनुनयात्मकता असङ्गीतता रही अनायास फास्लाक्कपन पाइन्छ । कविता र निबन्धको अन्तर गद्यको कोट भए पनि यस्तो असमान वन्धनमा ‘गम्भीरता’ को अभाव झल्कन्छ र हडवडेपनको झल्को झल्किन्छ ।

समस्याले भुङ्ग्रिएको ‘म’
पिँडालीका निबन्धको ‘म’ समस्याले भुङ्ग्रिएको छ । एउटा हडवड, एउटा गडवड, एउटा न एउटा समस्याका भुङ्ग्रामा परेको छ ‘म’ । हो, सामान्य म भए निबन्ध हुने थिएन र समस्याग्रस्त ‘म’ कै नै अनुनय सम्प्रेषणीय लाग्ने पिँडाली प्रयास रहस्य छ । ‘खै-खै’ को ‘म’ मा केही समस्या यस प्रकारका छन्-
(क) चुरोट खाने वानी छ ‘म’ को, तर काठमाडौंमा मान्छेको वानी छ ‘खै-खै’ गर्ने । अर्काको समय र सिग्रेट नष्ट गरेर आफ्नो चुरोटमा अर्काको चुरोट झोस्ने ।
(ख) महंगी चाहिँ खपिसक्नु छैन ।
(ग) भ्रष्टाचार पनि बढेको छ ।
(घ) सदावहार आत्मनिर्भर रहने बानीको अभाव छ ।
(ङ) महान् समयको पनि दुरूपयोग गर्छ ।

यसरी यो प्रकारको समाज र ‘म’ सित सम्वन्धित कुराहरू भएको हुनाले यो लेख सामाजिक विषयको मर्म भएको छ ।

कथात्मकता
‘खै-खै’ भित्र कथात्मकता छ । यस्तो ‘म’ र यस्तो काव्याङ्गले समाजका विच यस्ता यस्ता घटना भए भन्ने कुराको वणर्नले निबन्ध कलात्मक हुन गएको छ ।

नाटकीयता
‘म’ पात्र, र ‘खै-खै’ भन्दै चुरोट जोड्न आउनेका विच विभिन्न नाटकीय दृश्यको चित्रण ‘खै-खै’ मा छ ।

घटनात्मकता
केही घटनावलीले यो निबन्ध वुनिएको छ । घरवाट निकालिएको म पात्र र खै खै भन्ने मान्छेहरूको विचका विभिन्न घटना यो निबन्धमा छन् । जस्तै :
(क) चुरोट सल्काउन नदिँदा भुइँमा तीन चित हुनु- अर्कातिर मार खानु ।
(ख) चुरोट सल्काउँछ भन्ने पिरले गन्तव्यवाटै पछाडि फर्कनु ।
(ग) चिठ्ठाको खवर ल्यायो होला भन्ने ठानिएको हल्काराले पनि चुरोटै सल्काउन ‘खै-खै’ भन्नु आदि ।

अलङ्कार प्रयोग
हास्य व्यङ्ग्यकारहरू प्रायः ज्यादा रूपक, दृष्टान्त आदि अलङ्कारको प्रयोग गर्दै कतै हसाउँछन् र चड्कन हान्छन् । पिँडालीले पनि यो विधि अपनाएको पाइन्छ । जस्तै :
(क) अधिकारीहरूसँग जागीर माग्नेहरूले लित्ती कसे झैं (पातो १)
(ख) विल्कुल हिजो आजको ख्याउटे वनस्पति नेता जस्तो भएर (पातो २)
(ग) मृतसन्जीवनी-मन्त्र फुके झैं (पातो २)
(घ) दगुरिरहेको कारमा एक्सिडेन्ट हुन लाग्दा एक्कासी घ्याच्च फुलव्रेक लागे झैं (पातो ४)
(ङ) महादेवका जटावाट प्रेत पैदा भए झैं (पातो ६)
(च) नास्तिकले भगवान्को दर्शन पाउनु जत्तिको गाह्रो (पातो ७)

टुक्काको प्रयोग
आफ्नो कथ्यलाई सम्प्रेषणीय बनाउन पिँडाली उखान र टुक्काको ठिक्क मात्रामा ठिक ठाउँमा प्रयोग गर्छन् ‘खै-खै’ भित्र ।
(क) कानमा बतास नलाग्नु
(ख) डाँडो कटाउनु
(ग) मुख नफुक्नु
(घ) चेतवावा काशी हुनु
(ङ) हान्ने राँगाको आँखा
(च) गहतका झोलमा जात फाल्नु
(छ) झोक नचल्नु
(ज) धित नमर्नु
(झ) मार नखानु
(ञ) जात जानु
(ट) काशी जाने कुकुर हुनु
(ठ) बिसको तिस हुनु

निचोड
सामाजिक विसङ्गति तथा विवशताप्रति मजाले व्यङ्ग्य हान्छन् पिँडाली ‘खै-खै’ मा । उनी विषयमा समाजको र अझ र्‍याङ र ठ्याङ नमिलेको समाजको बाङ्गोपन देखाएर हँसाउँछन् ‘खै-खै’ मा । ‘खै-खै’ भन्न टुप्लुकिनेले हँसाउछन् भन्ने गुनासोले भरिपूर्ण ‘म’ लाई दिक्क लगाएर सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य पनि हान्छन् । यसरी विसङ्गतिप्रति चट्कन हानेर विसङ्गतिका विभिन्न हास्यात्मक स्थिति देखाएर निबन्ध लेख्ने पिँडालीको ‘म’ गहिरिएर विचार गर्दा कतै व्यक्तिवादी त छैन ? भन्ने पनि लाग्छ । एउटा कुरा गरौं आखिर चुरोट सल्काउन सहयोग माग्नु भयङ्कर र ज्यादै नराम्रो प्रवृत्ति हो त ?

यसरी पिँडालीका सामाजिक हास्य व्यङ्ग्यकारको सही स्वरूपमा प्रश्नचिन्ह लाग्न सक्ने स्थिति छ ।

०००
‘उन्नयन’ अङ्क १३, केशवराज पिँडाली विशेषाङ्क (२०५०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x