सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फोहोरको डङ्गुर

फोहोरको डङ्गुरमा उभिएर मन मष्तिष्कमा फोहोरको चाङ् बोकेर घण्टौ बोल्छन् क्षमतावान हुन्‚ हाम्रा नेताहरू कठै ! अहिले भूपि सेरचन पो छैनन् ।

Nepal Telecom ad

भूपि शेरचनले मुलुकभरि
हल्ला चलेको भेटेका थिए
हल्ला देखेका थिए
र यो हल्लै हल्लाको देश हो
भन्ने कविता लेखेका थिए
अहिलेसम्म ऊ बाँचेका भए
मलाइ लाग्छ
उनले यो फोहोरै फोहोरको देश हो
भन्ने कविता पनि लेख्ने थिए
किनभने−
देश हाँक्नेहरूको मन र मस्तिष्कमा
फोहोरको डङ्गुर छ
अझ उनको नियतमा
त्यो भन्दा ठूलो डङ्गुर छ
उनको भित्री योजनामा अझै ठूलो डङ्गुर छ
केन्द्रीय सचिवालय भवनमा
त्यो भवन भन्दा ठूलो डङ्गुर छ
जत्र तत्र फोहोरै फोहोरको डङ्गुर
त्यो देखिन्छ
सडक र पेटीमा पनि सधै फोहोरको डङ्गुर छ
सडक र पेटी उनको मन मष्तिष्क जस्तै
फोहोरले भरिएको छ
सडकमै अनेक फोहीरी तमासा चल्छन्
त्यो पनि देखिन्छ ।
काजीहरू हैन भन्छन्
हामी ताली ठोक्छौं
काजीहरू डङ्गुरमा उभिएर
सफा भाषण गर्छन्
हामी हो भन्छौं
कमिसनको चेक र नोटले भरिएको
ब्रिफकेस थन्काउने समय नमिलेर
काजीहरू त्यो लिएरै समारोहमा जान्छन्
र भ्रष्टाचारको धज्जी उडाउँछन्
हाम्रा ताली परर्र पार्छन्
यसरी चल्दै छ
चलिरहेछ ।
तर हो‚
भ्रष्टाचार र कमिसनमा डुबेका काजीहरू
भ्रष्टाचारका विरुद्धमा खासा बोल्छन्
क्षमतावान छन्
काजीहरू
अप्ठ्यारो परेपछि
आफ्नै कार्यको कडा विरोध गरेर
राम्रो वक्तामा गनिन्छन्
आफूले निर्माण गरेको विकृतिका विरुद्धमा
घण्टौ बोल्छन्
अनि त हाम्रा काजीहरू नेता भकाएछन्
फोहोरको डङ्गुरमा उभिएर
मन मष्तिष्कमा फोहोरको चाङ् बोकेर
घण्टौ बोल्छन्
क्षमतावान हुन्‚ हाम्रा नेताहरू
कठै ! अहिले भूपि सेरचन पो छैनन् ।

०००
२०७९ साउन १ ।

झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
साँढेहरू

साँढेहरू

लीला उदासी
भत्काउनेहरू

भत्काउनेहरू

लीला उदासी
सिंहदरवार

सिंहदरवार

लीला उदासी
सेता अपराधीहरू

सेता अपराधीहरू

लीला उदासी
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल