साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोहोरको डङ्गुर

फोहोरको डङ्गुरमा उभिएर मन मष्तिष्कमा फोहोरको चाङ् बोकेर घण्टौ बोल्छन् क्षमतावान हुन्‚ हाम्रा नेताहरू कठै ! अहिले भूपि सेरचन पो छैनन् ।

Nepal Telecom ad

भूपि शेरचनले मुलुकभरि
हल्ला चलेको भेटेका थिए
हल्ला देखेका थिए
र यो हल्लै हल्लाको देश हो
भन्ने कविता लेखेका थिए
अहिलेसम्म ऊ बाँचेका भए
मलाइ लाग्छ
उनले यो फोहोरै फोहोरको देश हो
भन्ने कविता पनि लेख्ने थिए
किनभने−
देश हाँक्नेहरूको मन र मस्तिष्कमा
फोहोरको डङ्गुर छ
अझ उनको नियतमा
त्यो भन्दा ठूलो डङ्गुर छ
उनको भित्री योजनामा अझै ठूलो डङ्गुर छ
केन्द्रीय सचिवालय भवनमा
त्यो भवन भन्दा ठूलो डङ्गुर छ
जत्र तत्र फोहोरै फोहोरको डङ्गुर
त्यो देखिन्छ
सडक र पेटीमा पनि सधै फोहोरको डङ्गुर छ
सडक र पेटी उनको मन मष्तिष्क जस्तै
फोहोरले भरिएको छ
सडकमै अनेक फोहीरी तमासा चल्छन्
त्यो पनि देखिन्छ ।
काजीहरू हैन भन्छन्
हामी ताली ठोक्छौं
काजीहरू डङ्गुरमा उभिएर
सफा भाषण गर्छन्
हामी हो भन्छौं
कमिसनको चेक र नोटले भरिएको
ब्रिफकेस थन्काउने समय नमिलेर
काजीहरू त्यो लिएरै समारोहमा जान्छन्
र भ्रष्टाचारको धज्जी उडाउँछन्
हाम्रा ताली परर्र पार्छन्
यसरी चल्दै छ
चलिरहेछ ।
तर हो‚
भ्रष्टाचार र कमिसनमा डुबेका काजीहरू
भ्रष्टाचारका विरुद्धमा खासा बोल्छन्
क्षमतावान छन्
काजीहरू
अप्ठ्यारो परेपछि
आफ्नै कार्यको कडा विरोध गरेर
राम्रो वक्तामा गनिन्छन्
आफूले निर्माण गरेको विकृतिका विरुद्धमा
घण्टौ बोल्छन्
अनि त हाम्रा काजीहरू नेता भकाएछन्
फोहोरको डङ्गुरमा उभिएर
मन मष्तिष्कमा फोहोरको चाङ् बोकेर
घण्टौ बोल्छन्
क्षमतावान हुन्‚ हाम्रा नेताहरू
कठै ! अहिले भूपि सेरचन पो छैनन् ।

०००
२०७९ साउन १ ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
0
Would love your thoughts, please comment.x
()
x