साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाल्नुहुँदैन मुद्धा

मुद्धा त आफ्नो आँगनमा पैसाको धारो झार्नेलाई हैन जनताको आँगनमा पानीको धारो झार्नेलाई हाल्नुपर्छ ! मुद्धा त- त्यो हर्क साम्पाङलाई हाल्नुपर्छ !

Nepal Telecom ad

अर्जुन पराजुली :

हाल्नु हुँदैन मुद्धा
मदन भण्डारी मराउनेलाई हाल्नुहुँदैन !
दरबार हत्याकाण्ड गराउनेलाई हाल्नुहुँदैन !
जनता बेच्नेलाई खल्ती-खल्तीमा लुकाएर
बार्दली-बार्दलीबाट कराउनेलाई हाल्नुहुँदैन !

मीटर-ब्याजमा गरीब मान्छे खानेलाई हैन
मुद्धा त-
मीटरब्याजमा रीन खानेलाई हाल्नुपर्छ !
मुद्धा त साउदी, कतार, मलेशिया जानेलाई हाल्नुपर्छ !
मुद्धा त-
मिरिलवाटर अमेरिकाबाट मगाउनेलाई हैन
पसिनाले बारीको पाटो बगाउनेलाई हाल्नुपर्छ !
मुद्धा त-
नागरिकता नाथे नपाउँदैमा जुलुस लाउनेलाई हाल्नुपर्छ !
मुद्धा त भ्रष्टाचारको विरुद्धमा बोल्नेलाई हाल्नुपर्छ !
मुद्धा त हरिया मकै पोल्नेलाई हाल्नुपर्छ !
मुद्धा त सरकारमा सुतेर जनता बेच्नेलाई हैन
बनमा सुतेर सिन्को नबेच्नेलाई हाल्नुपर्छ !
मुद्धा त आफ्नो आँगनमा पैसाको धारो झार्नेलाई हैन
जनताको आँगनमा पानीको धारो झार्नेलाई हाल्नुपर्छ !

मुद्धा त-
त्यो हर्क साम्पाङलाई हाल्नुपर्छ !

०००
सितलपाखा, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x